5 years ago
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा विजयी सुरुवात गरेका छन् ।
मंगलबार मात्रै विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) को जुनियर वरीयतामा शीर्ष १० मा अटाएका प्रिन्सले बर्लिनमा बुधबार भएको पुरुष यु–१९ एकलको पहिलो राउन्डको खेलमा अष्ट्रियाका लेनी सुदर्मालाई २–० को सोझो सेटमा पराजित गर्दै राउन्ड अफ ६४ मा प्रवेश गर्न सफल भएको टिम म्यानेजर तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले जानकारी गराए। एकपक्षीय खेलमा प्रिन्सले सुदर्मामाथि २१–६ र २१–१५ को जित निकाल्न सफल भएको थियो ।
यसअघि प्रिन्सले नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा दुई खेल जित्दै प्रि–क्वाटरफाइनलसम्म स्थान बनाएको थियो । उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइका खेलाडीसँग पराजित भएका थिए । त्यसपछि उनी जर्मनी प्रस्थान गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।