default_image

5 years ago

March 4, 2020

पिआरसी ओपन स्क्वास यसै साता

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पशुपति रोड क्यारियर (पिआरसी) को मुख्य प्रायोजनमा पिआरसी ओपन स्क्वास प्रतियोगिता यसै साता आयोजना हुने भएको छ ।

नेपाल स्क्वास राकेट्स संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २३ देखि २७ फाुगनसम्म हुने जानकारी गराएको हो ।

पशुपति रोड क्यारियर (पिआरसी) ले यसअघि पनि स्क्पासको कार्यक्रमहरुलाई सहयोग गर्दै आइरहेको थियो । यसपटक प्रतियोगितालाई मुख्य प्रायोजन गरेको हो ।

प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर ४५ वर्ष तथा सो भन्दा माथि गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको लागि ६० भन्दा बढी खेलाडीको सहभागिता रहने र बेलायतको ब्रिटिस आर्मीका १० जनाको पनि सहभागिता रहने संघले जनाएको छ ।

यस्तै संघले १३औं सागमा टिम इभेन्ट्समा कास्यपदक जित्न सफल पुरुष खेलाडीहरु अरहान्त केशर सिंह, अमृत थापामगर, दिपक थापा मगर र अमिर ब्लोन तथा महिलामा कस्या जित्न सफल टोली कृष्णा थापा, भावना सुनुवार, विपना ब्लोन र स्वस्थानी श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.