5 years ago
March 5, 2020
एजेन्सी – विश्वविजेता फ्रान्स र पहिलो संस्करणको नेसन्स लिग विजेता पोर्चुगल युइएफए नेसन्स लिगको एकै समूहमा परेका छन् । युइएफएले २०२०÷२१ सिजनको लागि मंगलबार राति सार्वजनिक गरेको ‘ड्र’को लिग ‘ए’ को ग्रुप ३ मा फ्रान्स र पोर्चुगल एकै समूहमा परेको हो ।
यो समूहमा स्वीडेन र क्रोएसिया पनि रहेका छन् । यो समूहलाई ‘ग्रुप अफ डेथ’ को रुपमा हेरिएको छ । युइएफएले नेसन्स लिगको लागि युरोपका ५१ देशलाई ४ ग्रुपमा विभाजन गरेका छन् । चार समूह भित्र विभिन्न समूहहरु बनाइएका छन् ।
यस्तै लिग ‘ए’ को ग्रुप १ मा पोल्यान्ड, बोस्निया हर्ज गोभिना, इटाली र नेदरल्यान्ड रहेका छन् । ग्रुप २ मा आइसल्यान्ड, डेनमार्क, बेल्जियम र इंग्ल्यान्ड परेका छन् । यो समूहलाई ‘ग्रुप अफ डेथ’ को रुपमा हेरिएको छ । ग्रुप ४ मा जर्मनी, युक्रेन, स्पेनर स्वीट्जरल्यान्ड रहेका छन् ।
लिग ‘बी’ को ग्रुप १ मा रोमानिया, नर्दन आयरल्यान्ड, नर्वे र अष्ट्रिया छन् । ग्रुप २ मा इजरायल, स्लोभाकिया, स्कटल्यान्डर चेक रिपब्लिक छन् । ग्रुप ३ मा हंगेरी, टर्की, सर्विया र रसिया छन् । ग्रुप ४ मा बुल्गेरिया, रिपब्लिक अफ आयरल्यान्ड, फिनल्यान्ड र वेल्स छन् ।
लिग ‘सी’को ग्रुप १ मा अजरवैजान, लक्जेमवर्ग, साइप्रस र मोन्टेनेग्रो छन् । ग्रुप २ मा अर्मेनिया, इस्टोनिया, नर्थ म्यासेडोनिया र जर्जिया छन् । ग्रुप ३ मा माल्दोभा, स्लोभेनिया, कोसोभो र ग्रीस छन् । ग्रुप ४ मा काजकस्तान, लिथुनिया, बेलारुस र अल्वानिया छन् ।
लिग ‘डी’ अन्तरगत ग्रुप १ मा माल्टा, एन्डोरा, लात्भिया र फारोह आइल्यान्ड रहेका छन् । ग्रुप २ मा सान मारिनो, लिचेस्टाइन र गिब्राल्टर रहेका छन् ।
चार समूहका विजेताले सेमिफाइन्लमा स्थान बनाउनेछ । नेसन्स लिगमा बढुवा र घटुवाको प्रावधान रहेको छ । लिग ‘ए’ बाहेकको राष्ट्रले फाइनल खेल्ने राष्ट्र बढुवा हुनेछ । लिग ‘ए’ र ‘बी’ को पुछारमा रहने टोली घटुवा हुनेछ । उनीहरुले प्ले आउट खेल्दै नेसन्स लिगको शीर्ष समूहको लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । जित्ने टोली लिग ‘ए’ र ‘बी’ मा बढुवा हुनेछ । पराजित टोली लिग ‘डी’ मा हुनेछ ।
नेसन्स लिगको दोस्रो संस्करण सेप्टेम्वरदेखि नोभेम्वरसम्म हुनेछ । तर, आयोजक राष्ट्र तोकिएको छैन । पहिलो संस्करणमा पोर्चुगलले नेदरल्यान्डलाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिग फुटबलको आज भएको विभागीय डर्बीमा एपिएफ क्लबले त्रिभुवन आर्मी फुटबल क्लब माथि सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैदानमा मंगलवारको दोस्रो खेलमा एपिएफले आर्मीलाई १३-० को फराकिलो अन्तरले पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टार विजयी भएको छ। थ्री स्टारले खुमलटारलाई ५-१ ले […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र संकटा क्लबबिच नेपाली कांग्रेस सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ। नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजना हुने नेपाली कांग्रेस सभापति कपको आइतवार खेल तालिका सार्वजनिक गरेको छ उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १० […]