10 years ago
September 3, 2015
आज बिहान ९ बजे बाट सुरु भएको नेपाल ओलम्पीक कमिटिको नयाँ कार्यसमितिको लागि भएको मतदान सकिएको छ । २६ ओटै सघंका प्रतीनिधिहरु ले मतदान गरेका थिए । नयाँ अध्यक्षमा जिवन राम श्रेष्ठ चयन भएका छन । जिवन रामले १७ र उमेश श्रेष्ठ ले ७ भोट प्राप्त गरेका थिए । महासचिबको लागि भएको मतदानमा टेन्डी लामाले १७, छिम्मी उर्गेले ८ र दिपराजले १ मत प्राप्त गरे । जिवन राम र लामा टेन्डी शेर्पा दुबै एमाले निकट हुन ।
सह-सचिबको लागि भएको चुनाबमा राजीव श्रेष्ठ र चतुरानन्द बिद्याले बाराबर १३-१३ भोट पाएपछी गोलप्रथा द्वारा नयाँ सह-सचिब राजीव श्रेष्ठ नियुक्त भएक थिए ।
सदस्य हरु मा सन्जिव तुलाधर (एथलेटिक्स ), आङ डेन्डी शेर्पा (वुशु) , निलेन्द्र राज श्रेष्ठ (त्रायथोलन), तेज बहादुर गुरुङ (ह्यन्ड बल), सुनिल श्रेष्ठ (फेन्सिङ), अशोक बज्रचार्य (स्विमिङ), समिम मिया अन्सारी (रेस्लिङ), दिपक हर्श बज्रचार्य (जुडो), रमेश श्रेष्ठ (ब्याडमिन्टन) निर्बचित भएका छन । दान बहादुर तामाङ र बिनोद प्रजापती पराजित भए । निर्बचित सदस्यहरु सबै कमिटिमा नयाँ आनुहर हुन ।
चार उपाध्यक्ष र कोषाध्यक्ष निर्बिरोध चयन भैसकेका थिए । उपाध्यक्षमा धिरेन्द्र प्रधान, ज्योती रमा, पुरेन्द्र बिक्रम लाखे र राजेन्द्र बन्तवा चयन भएका हुन । नौ सदस्यका लागि एघार जनाले नोमिनेशन दर्ता गरेका थिए । कोषाध्यक्षमा रतन तन्डनको मात्र उम्मेद्वारी परेकोले निर्बिरोध भैसकेका थिए।
नयाँ कार्यसमितिले अक्टोबर १ बाट आफ्नो कार्यकाल सुरु गर्नेछ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]