5 years ago
February 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले योनेक्स डच जुनियर इन्टरनेसनलममा लगातार दोस्रो जित निकालेको छ ।
नेदरल्यान्डको हादिम शहरमा शुक्रबार राति भएको डच जुनियर यु–१९ को पुरुष एकलमा प्रिन्सले चाइनिज ताइपेइका हुङ हुआङलाई २–१ को सेटमा पराजित गर्दै प्रिन्स लगातार दोस्रो जितसहित प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
सिरिजमा सातौ वरीयता पाएको प्रिन्सले पहिलो सेट १४–२१ ले गुमाएपनि त्यसपछिको दुई सेटमा जित निकाल्न सफल भएको थियो । प्रिन्सले दोस्रो सेट २१–१३ र तेस्रो सेट २१–१८ ले जित्न सफल भएको नेपाली टिमका व्यवस्थापक तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले जानकारी गराए ।
हुङ हुआङविरुद्धको खेलमा प्रिन्सले नेदरल्यान्ड बसोबास गर्दै आएका नेपाली समर्थकहरुको साथ पाएको थियो । यसअघि प्रिन्सले पहिलो खेलमा रसियाका आर्थर पेचेनकिनलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । अब प्रिन्सले प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइकै एचएसयु चे युसँग प्रतिस्पर्धा गर्नेछन् ।
सिरिजका लागि प्रिन्ससहित प्रशिक्षक कमलेस निरौला र व्यवस्थापक सुवास श्रेष्ठ गत मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए । प्रिन्स नेदरल्यान्डमा डच जुनियर इन्टरनेसनल २०२० पछि जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्न जर्मन प्रस्थान गर्नेछ । डच जुनियर इन्टरनेसनल सिरिज २६ देखि १ मार्चसम्म हुनेछ । त्यसपछि उनी ४ देखि ८ मार्चसम्म हुने जर्मन जुनियर इन्टरनेसनलका लागि जर्मनी प्रस्थान गर्नेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।