default_image

5 years ago

February 27, 2020

धुमुर्स सुन्तली फाउन्डेसनलाई खेलाडीको साथ

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा प्रत्यक्ष रुपमा संलग्न भइरहेका धुर्मस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुमुर्स) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) केहि दिनयता संघिय राजधानीमा छन् ।

कारण हो शुक्रबार रिलिज भएको आफुहरुले निर्माण गरेको चलचित्र सेन्टी भाइरसको प्रत्यक्ष दर्शकहरुसँग भेटेर प्रतिक्रिया लिइरहेका छन् । त्यस क्रममा उनीहरु बिहीबार केहि समय निकालेर खेलाडीको ठूलो समूहलाई भेट्न बानेश्वरस्थित एवान हलमा पुगेका थिए ।

धुर्मसहरु त्यहाँ पुग्दा २ सय भन्दा बढी खेलाडी फिल्मको अर्को सो कुरिरहेका थिए । झन्डै सयको हाराहारिमा त्यसअघि नै हलमा फिल्म हेरिरहेका थिए । दोस्रो सोमा नेपाल पुलिस क्लबका मात्र १ सय ८५ खेलाडी थिए ।

त्यसबाहेक त्रिभुवन आर्मी क्लबका खेलाडी र पहिलो सोमा नेपाल एपिएफका ८० खेलाडीले फिल्म हेरेका थिए । फिल्म हेर्न पुग्नेमा अधिकांश १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) को पहलमा खेलाडीहरु सेन्टी भाइरस हेर्न एकै थलो पुगेका थिए । चलचित्रको नाफाको ५० प्रतिशत रकम रंगशालामा दिने घोषणा गरेका कारण नै खेलाडी संघले यस्तो पहल गरेको थियो ।

चलचित्रका हेर्नका लागि प्रत्येक खेलाडीबाट संकलन भएको रकम टिकट खर्च बाहेक जम्मा भएको ६० हजार रुपैयाँ खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले फिल्म सुरु हुनु अघि धुमुर्सलाई हस्तान्तरण गरेका थिए । १३ औं सागमा करोततर्फ दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले व्यक्तिगत रुपमा फाउन्डेसनलाई ५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

रंगशाला निर्माणका अभियन्ता धुर्मुसले खेलाडीहरुलाई धन्यवाद दिदै भने,‘ देशको सच्चा नायक तपाईहरु हो । तपाईहरुकै कारण हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पाएका छौं । खेलाडीकै लागि हामीले रंगशाला निर्माणको अभियानको नेतृत्व गर्न पाउनु सौभाग्यको विषय हो । हामी तपाईहरुलाई हृदयदेखि नै नमन गर्न चाहन्छौं ।’

नले क्रिकेट रंगशाला भनेर मात्र चर्चा भएपनि त्यहाँ बहुउद्देश्यीय खेल स्थल बनिरहेको पनि उनले प्रष्ट पारे । खेलाडी संघका अध्यक्ष श्रेष्ठले रंगशालामा निर्माण अभियानमा खेलाडी संघमार्फत सबै खेलाडी जोडिन पाएकोमा फाउन्डेसनलाई धन्यवाद दिए ।

रंगशाला निर्माणअन्तर्गत खेलाडी समितिका अध्यक्ष ओलम्पियन दीपक विष्टले रंगशाला खेलाडीको मन्दिरका रुपमा रहेको र त्यसको निर्माणका लागि पहल गर्ने धुर्मुस सुन्तलीलाई खेलाडीहरुको तर्फबाट धन्यवाद दिएका थिए ।

हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनाले धुर्मुस सुन्तलीले बनाएको फिल्म हेर्न एकसाथ उपस्थित भएर खेलाडीहरुले रंगशालामा निर्माणमा एकबद्धता देखाएको उल्लेख गर्दै भने,‘ यो उपस्थितिले फाउन्डेसनलाई खेलाडीको साथ रहेका सन्देश दिएको छ ।’

 

 

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.