5 years ago
February 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको मदन भण्डारी स्मृति ठमेल रोड रेस प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ ।
रन क्लब नेपाल तथा मदन भण्डारी स्पोर्ट्स र्एकेडेमीको संयुक्त आयोजनामा रेस फागुन २४ गते हुने भएको हो । प्रतियोगितामा ५ किमी खुल्ला (महिला र पुरुष) , ५ किमी पुरुषतर्फ भेट्रान तथा ५ किमी स्कुल स्तरिय हुने छ ।
५ किमी खुल्ला रोडरेसको प्रथम हुने खेलाडीले २५ हजार, दोस्रो हुनेले १२ हजार र तेस्रोले ८ हजार प्राप्त गर्ने छन् । ५ किमी पुरुष भेट्रानको पहिलो हुने खेलाडीले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले ३ हजार प्राप्त गर्ने छन् ।
स्कुलतर्फ ५ किमीको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रोले ५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितमा १५ सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने धावक जित बहादुर केसी र कीर्तिमानी धावक बैकुण्ठ मानन्धर पनि सहभागि हुने आयोजकले जनाएको छ । यस प्रतियोगितालाई नेपाल एथलेटिक्स संघले मान्यता दिएको छ ।
एडिडासको आधिकारिक विक्रेता रुट्स फेसन प्रालिले वीर गणेशमान सिंह एडिडास १० किलोमिटर रोड रेस पनि फागुन २५ गते गर्दै छ । यस प्रतियोगिताबारे नेपाल एथलेटिक्स संघलाई कुनै जानकारी नरहेको जनाएको छ ।
रोड रेस लैनचौर फुटबल मैदानबाट शुरु हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]