default_image

5 years ago

February 24, 2020

ढुकुलाई महिला प्रिमियर लिग फुटसल उपाधि

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले तेस्रो संस्करणको महिला प्रिमियर लिग (एमपिएल) फुटसलको उपाधि जितेको छ । ६ साता चलेको लिगबाट १९ अंक जोड्दै ढुकु महला प्रिमियर लिगको च्याम्पियन बन्न सफल भएको हो । 

ढुकुले ७ खेलबाट १९ अंक जोड्यो । समान १९ अंक नै रहेपनि कुमारी फुटसल दोस्रो स्थानमा रह्यो  । १७ अंकसहित फुटसल एरिनाले तेस्रो तथा लाखुर १७ अंक नै जोडेर चौथो स्थानमा रह्यो । एबीसी फुटसलले १३ , दि माइथी महिलाजले ११ , एमयुएफसी फुटसलले ९ तथा बार्सा नेपालले ७ अंक जोडेर क्रमशः  पाँचौ, छैटौ,  सातौ र आठौ स्स्थाथानमा रह्यो ।

एक्सेल रिक्रिएसन सेन्टरम शनिबार भएको लिगको अन्तिम राउन्डमा ढुकुले एबीसी फुटसललाई १०-२ को भारी गोलअन्तरले  पराजित गर्‍यो । यस्तै कुमारीले फुटसल एरिनालाई ८-७ ले पाखा लगायो । दि माइथी महिलाजले एमयुएफसी फुटसललाई ४-० ले तथा लाखुरले बार्सा नेपाललाई १-० ले पराजित गर्‍यो ।

ढुकुकी मनिषा थापामगर र कुमारीकी पूजा रानामगर २१ गोलसहित सर्बाधिक गोलकर्ता बनिन् ।

दि वि युनाइटेडको आयोजनामा गत ४ माघबाट १० फागुनसम्म भएको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । हरेक ८ टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेको थियो । लिगमा एबिसी फुटसल, ढुकु फुटसल, बार्सा नेपाल, एमयुएफसी फुटसल, कुमारी फुटसल, लाकुर फुटसल, फुटसल एरेना र दि माइथी महिलाजले प्रतिस्पर्धा गरेका थिए ।

लिगका खेलहरु खेल हरेक साताको शनिबार ग्रासरुट रिक्रिएसन सेन्टर, मन्डिखाटार र बालुवाटारको एक्ससेल फुटसलमा सञ्चालन भएको थियो ।  विजेतालाई नगद पुरस्कार नभई आकर्षक पुरस्कार प्रदान गरिएको आयोजक तथा प्रतियोगिता संयोजक सिलिका शाक्यले जानकारी गराइन् । लिगलाई युरोपियन युनियनले मुख्य प्रायोजन गरेको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.