default_image

5 years ago

February 23, 2020

ढुकुलाई आइविएस फुटसल उपाधि

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  ढुकु फुटसलले प्रथम आइविएस खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । महाराजगन्जस्थित भाटभटेनीमा रहेको स्काइ गोल्स फुटसलमा शनिबार राति भएको खेलमा ढुकुले आइविएस ‘ए’ लाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै ढुकुले १ लाख ५० हजार रुपैया हात पार्‍यो । दोस्रो भएको आइविएसले ७५ हजार रुपैयामा चित्त बुझायो । तेस्रो भएको शंखमुलले २५ हजार तथा चौथो भएको इलाइटले १५ हजार रुपैया हात पार्‍यो ।

आइविएसका श्रीकृष्ण श्रेष्ठ प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडी घोषित भए । उनले १५ हजार रुपैया हात पारे । आइविएसकै सन्जीव तामाङ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चुनिए । उनले पनि १५ हजार रुपैया हात पारे ।

लिग कम नकआउटको आधारमा दुई शनिबार भएको प्रतियोगितामा १६ टोलीले प्रतिपर्धा गरेका थिए । प्रतियोगितालाई ग्लोबल आइएमई बैंक, पेपे पिज्जा घान्द्रुक र न्य ब्यालेन्स ३६१ ले प्रायोजन गरेको थियो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.