9 years ago
July 18, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – खेलाडी कल्याणकारी कोषबाट क्यान्सरसँग लडिरहेको बक्सिङका पूर्व खेलाडी इन्द्रवहादुर रानामगर आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक बिष्टले ५० आइतबार रानामगर उपचार गराइरहेको हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पताल पुगेर सहयोगमो ५० हजार रुपैँयाको चेक हस्तान्तर गरे । अध्यक्ष विष्टले रानामगरको उपचार सरकारले गर्नुपर्नेमा जोड दिए । उनले भने ‘ जीवनको अमुल्य समय राष्ट्रका लागि समर्पित गरेका खेलाडीहरुको उपचारको जिम्मा राष्ट्रले लिनुपर्छ । त्यसमा हामी पहल गर्ने छौ । ’
चेक लिदा निकै भावुक भएका रानामगरले भने, ‘मलाई बचाई दिनुहोस म राष्ट्रका लागि अझै केही गर्न चाहन्छु । मलाइ बचाउन डाक्टहरुले पु¬र्णरुपमा सहयोग गर्नु भएको छ, डाक्टरहरु ले खेलाडीको उपचार राष्ट्रले उपचार गर्नु पर्ने हैनर भनेर सोध्दा मनमा भक्कानो फुटेर आयो । अहिले तपाइहरु आउदा साच्चै नै म बाँच्छु भन्ने आशा जागेर आएको छ । ’
रानामगरकी पत्नी दिल कुमारीले गतबर्षबाट उपचारका क्रममा झन्डै १० लाख रुपैयाँ खर्च भइसकेको जनाइन् । उनले भनिन्, ‘ १४ वटा किमो दिई सकेको र अब शल्यक्रिया तयारी भईरहेको छ । शल्यक्रियाका लागि सात लाख रुपैयाँ लाग्छ भनेका छन् । ’
सहयोग हस्तान्तरणमा उपस्थित नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नेपाल संघले उपचारमा लाग्ने खर्च जुटाउन नेतृत्वदायी भुमिका निभाउने ब्त्ँउ । संघले राष्ट्रिय खेलकुद परिषद मार्फत नेपाल सरकारसंग सहयोगका लागि आव्हान गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । राष्ट्रिय बक्सिङ खेलाडि एवं पतंजलि योगपीठ हरिद्वारका पुर्णकालीन योग प्रशिक्षक पुष्करराज पन्तले योग तथा आयुर्वेदका माध्यमबाट सक्ने सहयोग गर्ने बताए । रानामगरलाई भेट्न आठौ सागका कराँतेका स्वर्ण पदक विजेता रवि महर्जन, बक्सिङका च्याम्पियन समेत रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका सदस्य दिनेश श्रेष्ठ पनि अस्पताल पुगेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]