5 years ago
February 22, 2020
धरान (हाम्रो खेलकुद) – सन्तोषी श्रेष्ठ र तीर्थ पुनले आठौं नेवा च्यारिटी प्रभु बैंक धरान १० के रनको उपाधि जितेको छ । खुल्लातर्फ पुरुषमा तीर्थ र महिलामा सन्तोषी च्याम्पियन बन्न सफल भएकी हुन् ।
तीर्थले ३१ मिनेट २५ सेकेण्डमा निर्धारि दुरी पुरा गरे । धरान १० के रनमा तीर्थ पाँचौपटक च्याम्पियन बनेका हुन् । भारतीय सेनाका तीर्थ तेस्रो सँस्करणदेखिको लगातार च्याम्पियन बन्न सफल भइरहेका छन् । एपिएफका लक्ष्मण मल्लले ३१ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा एपिएफकै खिमबहादुर खत्रीले ३१ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।
महिलातर्फ सन्तोषीले निर्धारित दुरी ३४ मिनेट २३ सेकेण्डमा पार गरिन् । दोस्रोपटक च्याम्पियन बनेकी सन्तोषी यसअघि चौथो संस्करणमा विजेता बनेकी थिइन् । राममाया पुनले ४० मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा छेम्बी राईले ४२ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । महिला र पुरुष दुवै तर्फका विजेताले ५० हजार हात पारे । दोस्रो र तेस्रो भएकाले क्रमश ३० हजार र २० हजार रुप्ैया प्राप्त गरे ।
१६ बर्षमुनकिो स्पर्धामा महिलातर्फ बन्दना बुढा पहिलो, क्रिष्टिना राई दोस्रो र प्रसंशा वन तेस्रो भइन् । पुरुषतर्फ किरण लिम्बु प्रथम, सियन राई दोस्रो र रोजन राई तेस्रो भए । यस्तै, भेट्रानतर्फको पुरुषमा दिलबहादुर श्रेष्ठ प्रथम, धर्म मर्हजन दोस्रो र सुवर्ण सुब्बा तेस्रो भए । महिलातर्फ छिरिङ लमु प्रथम, भीममाया राई दोस्रो र गीतादेवी लिम्बु तेस्रो भइन् ।
१२ बर्ष मुनि ३ किमी पुरुषमा अनिष लिम्बु प्रथम, सुजन राई दोस्रो र दिवस राई तेस्रो भए । महिलामा प्रश्ना भण्डारी प्रथम, इसिका तामाङ दोस्रो र कुसुम राई तेस्रो भइन् । १६ वर्षमुनि, १२ बर्षमुनि र भेट्रानतर्फका प्रथम, दोस्रो र तेस्रो खेलाडीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया प्राप्त गरे ।
विजेताहरुलाई धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, धरानका मेयर तिलक राई, पुर्व मिस नेपाल २०१८ श्रृंखला खतिवडालगायतले पुरस्कृत गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]