5 years ago
February 21, 2020
पर्वत (हाम्रो खेलकुद) – चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको शुक्रबारको लागि तय भएको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको फाइनल खेल शनिबार हुने भएको छ ।
शुक्रबार दिनभर नै वर्षा भएपछि फाइनलसहित तेस्रो स्थानको खेल प्रभावित भएको र स्थगित फाइनल र तेस्रो स्थानको खेल शनिबार हुने प्रतियोगिता संयोजक तथा एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरले जानकारी गराए ।
पर्वतस्थित जलजला गाउँपालिका–३ मा १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा बिहीबार एपिएफले होङ्ग्वान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई तथा पुलिले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको थियो ।
आर्मी र डायमन्डले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दैछ । तेस्रो स्थान बिहान ८ बजे र फाइनल १० बजे हुने आयोजकले जनाएको छ ।
एपिएफ र पुलिसले माघ अन्तिम साता काठमाडौंमा सम्पन्न १५औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको अन्तिमा तथा फाइनल सरहकै खेलमा प्रतिस्पर्धा गर्दा एपिएफ विजयी हुदै च्याम्पियन बन्न सफल भएको थियो ।
प्रतियोगिताको विजेताले २ लाख तथा दोस्रो हुनेले १ लाख रुपैया हात पार्नेछन् । तेस्रो हुनेले ५० हजार हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार हात पार्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]