5 years ago
February 25, 2020
भूपेन्द्र जिसी, काठमाडौं
युवा तीव्र गतिका बलर किशोर महतो थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी छनोटका लागि राष्ट्रिय टोलीमा परेका छन् । किशोर पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।
पछिल्लो समय फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेका किशोरले तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी टोलीमा नहुँदा उनको स्थानमा मौका पाएका हुन् । सोमपालले यसै साता सम्पन्न आईसीसी विश्वकप लिग–२ मा घरेलु मैदानमा ओमान र अमेरिकासँगको खेल पनि गुमाएका थिए । उनको स्थानमा नेपालले कमल सिंह ऐरीलाई मौका दिएको थियो ।
किशोर बलिङमात्र होइन तल्लोक्रममा राम्रो ब्याटिङ पनि गर्ने गर्दछन् । टोलीको आवश्यकता अनुसार किशोरले मध्यक्रममा पनि थुप्रै पटक ब्याटिङ गरेका छन् । पहिलो पटक राष्ट्रिय टोलीमा परेका किशोर खुसी हुनुको साथै टोलीमा डेब्यु गर्न उत्साहित देखिन्छन् ।
‘राष्ट्रिय टोलीमा पर्दा एकदम खुसी छु । टोलीमा पर्छु भन्ने आशा थियो । पहिला देखि नै कडा मिहिनेत गर्दै आएको थिएँ । खेलमा कहिले राम्रो र नराम्रो त भइहाल्छ’ , त्यसैमा किशोरले थपे, ‘अब प्लेइङ ११ मा पर्छु वा पर्दिन भन्ने मेरो हातमा हुँदैन । खेल्न पाएको खण्डमा राम्रो गर्ने आत्माविश्वास छ । खेल्ने-नखेल्ने थाईल्यान्डमा गएपछि त्यहाँको वातावारण हेरेर थाहा हुन्छ ।’
किशोरले सन् २०१७ मा सिंगापुरमा भएको आईसीसी यू१९ एसिया विश्वकप छनोटमा सिंगापुरविरुद्ध डेब्यु गरेका थिए । डेब्यु खेलमा किशोरले ६ ओभरमा ३ मेडन सहित २५ रन खर्चेर २ विकेट लिएका थिए । उक्त प्रतियोगितामा किशोरले मलेसिया र अफगानिस्तानविरुद्ध १–१ विकेट लिएका थिए ।
त्यसैवर्ष नोभेम्बरमा मलेसियामा भएको यु१९ एसिया कपमा पनि किशोरले राम्रो प्रर्दशन गरेका थिए । उक्त एसिया कपमा नेपालले भारतमाथि १९ रनको ऐतिहासिक जित निकाल्दा किशोर टोलीमा थिए । २०१७ को एभरेष्ट प्रिमियर लिगमा किशोरलाई पोखरा राइनोजले टोलीमा अनुबन्ध गरेको थियो । त्यसै वर्ष किशोर धनगढी प्रिमियर लिगमा शरद भेषवाकर कप्तान रहेको विराटनगर किंग्समा अनुबन्ध भए ।
गतवर्ष पोखरा प्रिमियर लिगमा किशोरले विराटनगर टाइटन्सबाट ४ खेलमा ४ विकेट लिए । त्यसै प्रतियोगितामा किशोरले बुटवल ब्लास्टर्सविरुद्ध अन्तिम ओभरमा मेडन राख्दै सनसनीपूर्ण जित दिलाएका थिए । बुटवललाई अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको अवस्थामा किशोरले मेडन राख्दै चर्चा कमाएका थिए ।
गत पिपिएलमा विराटनगरलाई फाइनलमा पुर्याउन किशोरले ७ खेलमा १० विकेट लिदै महत्वपूर्ण प्रर्दशन गरे । जुन प्रर्दशनले उनलाई सिनियर टोलीको यात्रा झनै सहज बनायो । किशोरले साविक विजेता पोखरा पल्टनलाई ४५ रनले पराजित गर्न ३.५ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएका थिए । किशोर फ्रेन्चाइज लिग बाहेक अन्य प्रतियोगिता गण्डकी प्रदेशको जर्सिमा मैदानमा देखिन्छन् । गत जेठमा सम्पन्न तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशबाट ४ खेलमा ८ विकेट लिएका थिए । अघिल्लो वर्ष किशोरले पिएमकपमा ५ विकेट आाफ्नो नाममा लेखाएका थिए ।
कप्तान ज्ञानेन्द्र मल्लले किशोर टोलीमा डेब्यु गर्न मात्र नभएर खेल जिताउन सक्ने क्षमता रहेको खेलाडी बताउछन् । चितवन क्रिकेट एकेडेमीबाट सन् २०१६ देखि प्रशिक्षण गर्दै आएका किशोरले प्रशिक्षक राजु खड्का र दीपेश श्रेष्ठले आफुलाई धेरै सहयोग गरेको बताउँछन् । नेपाली राष्ट्रिय टोलीमा नियमित स्थान बनाउँदै उत्कृष्ट प्रर्दशन गर्ने किशोरको लक्ष्य छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]