10 years ago
August 8, 2015
नेपाल इन्टरनेश्नल तेक्वान्दो(आईटिएफ) ले अठारौं बर्ष गठको अवसरमा महिलातर्फ सन्तोषी दाहाल र पुरुषतर्फ पुर्णवहादुर मगरलाई बर्ष खेलाडीको उपाधिले शुक्रवार सम्मान गरेको छ ।
एपीएफकी सन्तोषीले गत बर्ष राष्ट्रिय प्रतियोगितामा २ स्वर्ण जित्दा १ पटक उत्कृष्ट खेलाडी बनेकी थिईन् । त्यस्तै मोरङका पुर्णले ३ स्वर्ण हात पार्दा १ पटक उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।
लैनचौर स्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको अवार्ड कार्यक्रममा बर्ष उत्कृष्ट प्रशिक्षकको उपाधि एपीएफका विश्व श्रेष्ठले हात पारे । तीनै जनाले नगद ५ हजार सहित सम्मान–पत्र प्राप्त गरे । त्यसैगरि प्रशिक्षण संचालन गर्ने उत्कृष्ट जिल्लाको उपाधि बाकेले प्राप्त गर्दा बिद्यालयतर्फ बाग्लुङको न्यु मोडल एकेडेमी उत्कृष्ट प्रशिक्षण दिने संस्था बन्यो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजु श्रेष्ठले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका थिए । सो अवसरमा आईटिएफका संस्थापक लिलबहादुर थापामगर,आईटिएफका अध्यक्ष अन्जुनाथ श्रेष्ठ,उपाध्यक्ष चेतन गिरी,कार्यक्रम संयोजक अन्जन धमलालगायतको उपस्थिति रहेको थियो । अठारौं बर्षगठको अवसरमा आईटिएफले बिहिवार पशुपति नाथ बृद्धआश्रमका २ सय ५० बृद्ध–बृद्धालाई भोजन ग्रहण गराएको छ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]