default_image

9 years ago

July 15, 2016

सातौं राष्ट्रिय खेलकुद र तेह्रौ सागका लागि अन्तक्रिया

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको सन्दर्भमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुवाञ्चलमा गर्नका लागि सरकारले बजेटसमेत विनियोजित गरिसेकेको अवस्था रहेको छ भने १३ औं दक्षिण एसियाली खेलकुद नेपालले आयोजनाको जिम्मेवारी पाएको छ । यी दुवै प्रतियोगितालाई प्रतिष्ठित रुपमा संचालन गर्नका लागि सबैसँग राय तथा सुझाव संकलन गर्ने उद्देश्यले अन्तक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

अन्तक्रिया  बोल्दै राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा ।

अन्तक्रिया बोल्दै राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा ।

कार्यक्रमलाई सम्बोधन गर्दै राखेप उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा सम्बन्धीत संघलाई नै व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने औल्याए । उनले भने ‘संघहरुलाई उत्तरदायी तथा जवाफदेही बनाउँदै सम्बन्धीत संघलाई नै व्यवस्थापनको जिम्मेवारी दिएको खन्डमा प्रतियोगिता उत्कृष्ट रुपमा संचालन हुन्छ । ’
राखेप सदस्यसचिव केशवकुमार विष्टले अब राष्ट्रिय प्रतियोगिता भव्य रुपमा पुवाञ्चलमा गर्नका लागि सबै अवरोध हटेको बताए । उनले भने ‘नयाँ तयारीका साथ नयाँ मनस्थितीका साथ अगाडी बढ्छौं । संघहरुसँग सहकार्य गरेर प्रतियोगितालाई समृद्ध बनाउने छौं ।’ विष्टले सन् २०१८ मा नेपालमा हुने १३ औं सागका लागि भौतिक पुर्वाधार निमार्णका लागि सरकारले प्राथमिकता दिने बताएकाले काम दु्रतगतिमा बढ्ने बताए । उनले थपे ‘मुल आयोजक समिति बनाउने कुरा मन्तिपरिषद्सँग जोडिन्छ । त्यो छिट्ै बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । अन्य काम युद्धस्तरमा अगाडी बढाउने छौं ।’
पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले अहिले तोकिका २÷३ खेलबाहेक सबै खेलको प्रतियोगिता गराउनका लागि पुर्वाञ्चल सक्षम रहेको दावी गरे ।
त्यसैगरि सातौं तयारी समिति सचिवालय प्रमुख कमल खनालले मुलुकमा देखा परेको परिस्थितिका कारण २ पटक सातौ रोकिएको अब तयारी दु्रतगतिमा अघि बढ्ने बताए । राखेप कर्मचारी संघका अध्यक्ष रंजन थापाले प्रतियोगितासँगसँगै खेलाडीको प्रशिक्षणलाई प्रथामिकता दिनुपर्नै बताए । लनटेनिस संघकी अध्यक्ष ज्योती राणा, साइक्लिङ संघका अध्यक्ष छिमि उर्गेन गुरुङ, आर्चरी संघका महासचिव रमेश शिवाकोटी, भारत्तोलन संघका महासचिव पार्थसारथी सेन गुप्त, एथलेटिक्स संघका सचिव आर के विष्ट, टेबल टेनिसका मुख्य प्रशिक्षक शंकर गौतमलगायतले आ आफ्नो धारणा राखेका थिए ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.