default_image

5 years ago

February 5, 2020

एजे कप अन्तरविद्यालय भलिबल अर्काे महिना

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श ज्योति (एजे) सेकेण्डरी स्कुलको आयोजनामा छैटौं संस्करणको एजे भलिबल कप अन्तरविद्यालय छात्र/छात्रा भलिबल प्रतियोगिता अर्काे महिना आयोजना हुने भएको छ । 

 

भक्तपुर सूर्यवनायकस्थित एजे स्कुलको कोर्टमा प्रतियोगिता फागुन २ गतेबाट हुने विद्यालयका प्रधानाध्यापक कृष्णराम दुवालले जानकारी गराए । प्रतियोगितमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने छ ।

प्रतियोगितामा छात्र र छात्रामा ३२ भन्दा बढी टिमको सहभागिता रहने छ । भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेसँगै खेलको प्रवद्र्धनमा सहयोग पु¥याउन विद्यालयले नियमित रुपमा भलिबलको प्रशिक्षण तथा प्रतियोगिता गरिँदै आएको जानकारी दिए ।

नयाँ पुस्तालाई भलिबल खेलप्रति आकर्षित गर्न, शारिरीक र मानसिक तन्दुरुस्तका साथै दूव्र्यसनबाट टाढा राख्न प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक एवं भलिबलका राष्ट्रिय रेफ्री रुकेश शाहीले जानकारी गराए ।  प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारसमेतको व्यवस्था गरिएको छ । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, प्लेयर अफ दि सिरिज पनि पुरस्कृत हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.