default_image

8 years ago

July 4, 2016

सदस्य–सचिव विष्ट रुस प्रस्थान

130 views

0 Bookmark

काठमाडौं, असार २० गते ।
रसियाको याकुजमा हुने छैटौं चिल्ड्रन अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

Member Secretary Keshav  Bista

नेपाली टोलीको ‘सेभ दि मिसन’ का रुपमा सहभागी हुन सदस्य–सचिव त्यसतर्फ प्रस्थान गरेका हुन् । जुलाई ५ देखि १२ तारिखसम्म हुने गेम्समा नेपालले बक्सिङ, तेक्वान्दो, टेबलटेनिस र जुडोमा भाग लिने छ । प्रत्येक खेलमा २ का दरले जम्मा ८ खेलाडीले गेम्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सदस्य–सचिव विष्टको अनुपस्थितिमा राखेपका सदस्य गंगाबहादुर थापाले निमित्त सदस्य–सचिवको कार्यभार सम्हाल्ने छन् ।

December 25, 2024

२८ बजार मेलामा पुरुष र महिला भलिबल हुने

तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]

December 22, 2024

माल्दिभ्समा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]

December 22, 2024

सिड्नीमा महिला तथा पुरुष भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]

Success

Thank you for your time.