default_image

5 years ago

January 11, 2020

मनाङ र हिमालयन शेर्पाबीचको पहिलो हाफ गोलरहित

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार जारी खेलमा मनाङ मस्र्याङ्दी क्लब र यति हिमालयन शेर्पा क्लबको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।


दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा मनाङले गोल गर्ने अवसर पाएर पनि सदुपयोग गर्न सकने । २५ औं मिनेटमा विमल रानाले मैदानमा बायाँबाट चलाखीपूर्ण क्रस गर्दा फेमि जोसुवाको वान टच प्रहारलाई शेर्पाका कप्तान मानबहादुर तामाङले क्लियर गरे । फेमिले विपक्षी गोलकिपर विट भैसकेको अवस्थामा प्रहार गर्न पनि सफल हुन सकेनन् । शेर्पाले भने मनाङको पोष्टमा खासै आकमर्ण गर्न सकेन

मनाङले आजको खेल जितेमा पुनः लिगको शीर्षस्थानमा पुनरामगन गर्नेछ । आजै भएको खेलमा सानमिगेल मछिन्द्र क्लबले प्रभु बैंक जावलाखेल क्लबलाई १–० ले हराएको थियो । विशाल राईको गोलमा मछिन्द्रले जित निकालेको थियो ।

November 26, 2024

एनिपएल खेल्न हङकङका बाबर काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]

November 26, 2024

सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबीच सम्झौता

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य प्लाईसँग प्रायोजन सम्झौता गरेको छ । सुदूरपश्चिमले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको हो । मंगलवार सवारागी प्लाईवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि सिइओ खड्काले […]

November 26, 2024

अयुबको शतकमा जिम्बाब्वेमाथि पाकिस्तानको सहज जित

एजेन्सी – युवा ओपनर सइम अयुबको शतक सहयोगमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा घरेलु टोली जिम्बाब्वेमाथि सहज जित हात पारेको छ । मंगलवार भएको खेलमा पाकिस्तानले जिम्बाब्वेमाथि १० विकेटको सहज जित हात पार्यो । जितका साथ ३ खेलको ओडिआई सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ । जिम्बाब्वेले दिएको १ सय ४६ रनको सामान्य लक्ष्य पाकिस्तानले […]

Success

Thank you for your time.