default_image

5 years ago

January 10, 2020

राष्ट्रिय टोलीको अन्तिम २४ घोषणा : लोकेश पहिलोपटक टोलीमा!

167 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि नेपाल क्रिकेट संघले सुरुवाती २४ नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।

बन्द प्रशिक्षणको लागि घोषणा गरेको २४ खेलाडीमा लोकेश बमले पहिलो पटक मौका पाएका छन् । पोखरा प्रिमियर लिगमा लोकेशले उत्कृष्ट प्रर्दशन गरेका थिए । युवा ब्याट्सम्यान लोकेश बमले पीपीएलमा विराटनगर टाइटन्सबाट चितवन राइनोजबिरुद्ध ३६ बलमा ५ चौका र ५ छक्का सहित ६२ रन जोड्दै सनसनी मच्चाएका थिए ।

टोलीमा सुवास खकुरेलले पुनरागमन गरेका छन् भने टालीमा पुरानै अनुहार रहेका छन् । माघ २२ देखि २९ सम्म टियु क्रिकेट मैदानमा हुने उक्त सिरिजको लागि क्यानले शुक्रबार नाम सार्वजनिक गरेको छ । नेपाली टोलीले बन्द प्रशिक्षण पोखरामा गर्ने छ ।

नेपाली टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, ललित नारायण राजवंशी, पारस खड्का, पवन सरार्फ, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, सन्दीप जोरा, सुशन भारी, शरद भेषावकर, सन्दीप लामिछाने, सुवास खकुरेल, सुनिल धमला, कुशल मल्ल, वसन्त रेग्मी, किशोर महतो, लोकेश बम, सुमित महर्जन

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.