default_image

9 years ago

July 1, 2016

राष्ट्रिय टोलीका कप्तान विराज सर्वोत्कृष्ट खेलाडी

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन दशरथ चन्द मेधावी खेलाडी पुरस्कार– २०७२ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र दशरथ चन्द मेमोरियल ट्रष्टद्वारा त्रिपुरेश्वरस्थित राखेप हातामा संयुक्त आयोजित कार्यक्रममा विराजलाई नगद १५ हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो ।

 मेधावी खेलाडीबाट पुरस्कृत खेलाडीहरु ।

मेधावी खेलाडीबाट पुरस्कृत खेलाडीहरु ।

गत वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबल तथा बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप फुटबलमा नेपालले स्वर्ण जित्दा विराज टोलीका कप्तान थिए । ट्रष्टले पाँच विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी प्रत्येक क्षेत्रका खेलाडीलाई सम्मान गर्दै आएको छ । विराज मध्यमाञ्चलबाट छनोट भएका हुन् । त्यस्तै पूर्वाञ्चलबाट जुडोकी फुपु ल्हामु खत्री, पश्चिमाञ्चलबाट तेक्वान्दोकी निमा गुरुङ, मध्यपश्चिमाञ्चलबाट उसुकी निमा घर्ती मगर तथा सुदूरपश्चिमाञ्चलबाट उसुकै राजेश चौधरी उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भए । चारै १२ औं सागका पदक विजेता हुन् । फुपु र निमाले स्वर्ण तथा तेक्वान्दोकी निमा र राजेशले रजत पदक जितेका थिए । चारै जनाले १० हजार १ रुपैयाँका दरले नगद र सम्मान पत्र पाए ।
राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, नेपाली कांग्रेसका नेता एनपी साउद, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द तथा राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले खेलाडीलाई सम्मान गरे । फुपु प्रशिक्षणका लागि हंगेरीमा रहेका कारण उनकी आमाले पुरस्कार ग्रहण गरेकी थिइन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.