default_image

5 years ago

January 5, 2020

धम्पुसलाई ल्होछार घलेल भलिबल उपाधि

81 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – मिलन युवा क्लब धम्पुुसले कास्कीको माछापुच्छ्रे गाउँपालिका घलेलमा सम्पन्न ‘२१औं ल्होछार घलेल महोत्सव’ गाँउस्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । 

घलेलस्थित खेल मैदानमा भएको फाइनल खेलमा मिलन युवा क्लब धम्पुुसले जुरे भुमी युवा क्लब तप्राङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । धम्पुसले तप्राङलाई २५–२०, २५–२१ र २५–२२ को सोझो सेटमा हरायो ।

उपाधि सँगै धम्पुसले ७० हजारसँगै शिल्ड हात पारेको छ । उपबिजेता बनेको तप्राङले ४० हजारसँगै शिल्ड हात पार्‍यो । त्यस्तै अन्नपुर्ण युवा क्लबले मर्दी हिमाल क्लब सिँधिङलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । अन्नपुर्णले २५ हजार रुपैया हात पार्‍यो । मिलन युवा क्लबका मनोज खड्का प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा विभिन्न ३० टोलीको सहभागिता रहेको थियो ।

यस्तै खुल्ला घोडा दौडतर्फ नाँगीका बल बहादुर खड्का पहिलो भए । सिधिङ घिप्लीका दुर्गा भण्डारी दोस्रो र सोही स्थानकै गोबिन्द गौतम तेस्रो भए । बल बहादुरले निर्धारित ७.५ किलोमिट ३३ मिनेट ३० सेकेण्डमा पार गरी च्याम्पियन बनेको हो ।

उनले १५ हजार हात पारे । ३३ मिनेट ३३ सेकेण्डमा पार गरी दोस्रो स्थान हाँसिल गरेका भण्डारीले १० हजार तथा ३४ मिनेट १२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो बनेका गौतमले ५ हजार पाए ।

प्रतियोगिता घलेल टोल बिकास संस्थाको आयोजना र बौद्ध सिर्जना युवा क्लबको संयुक्त आयोजनामा भएके महोत्सवमा भलिबल र घोडा दौड प्रतियोगिता राखिएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.