5 years ago
January 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगको दोस्रो राउन्डमा सोझो सेटमा हार बेहारेको छ ।
माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा शनिबार भएको दोस्रो राउन्डको दोस्रो खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लब धिवेही सिफेंगे क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको हो । त्यसअघि गुडिसले दोस्रो राउन्डको पहिलो खेलमा पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो ।
एकपक्षीय खेलमा धिवेहीले २५–२१, २५–१७ र २५–१७ को सोझो सेटमा जित निकाल्यो । पहिलो राउन्डमा पनि गुडिस दिवेहीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । अब गुडिसले दोस्रो राउन्डको अन्तिम खेलमा स्पोर्ट्स क्लब सिटीसँग खेल्नेछ । मानबहादुरले अघिल्लो सिजन स्पोर्टस् क्लब सिटीबाट खेलेका थिए ।
माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान अनुसार मानबहादुर गुडिसमा आबद्ध भएका हुन् ।त्यसअघि शनिबारै भएको दोस्रो राउन्डको खेलमा स्पोर्ट्स क्लब सिटी पुलिस क्लबसँग २५–२२, २६–२४ र २५–२३ को सेटमा पराजित भयो ।
दोस्रो राउन्डमा शीर्ष चार टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसपछि वरियताका आधारमा चारै टोलीले सेमिफाइनल खेल्नेछन् । दोस्रो राउन्डको पहिलो र दोस्रो टोलीले पहिलो सेमिफाइनल खेल्नेछन् ।
विजेता टोली फाइनलमा प्रवेश गर्नेछन् । पराजित टोलीले तेस्रो र चौथोबीचको विजेतासँग पुनः सेमिफाइनल खेल्ने अवसर पाउनेछ । विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ । माल्दिभ्सको लिग डिसेम्बर २५ देखि जनवरी १२ सम्म चल्नेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]