5 years ago
January 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमलाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।
ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले हसिम अमला आउने पक्का भएको हाम्रो खेलकुदलाई बताएका छन् । अमलाले कुन टोलीबाट खेल्ने भन्ने अर्को हप्तासम्म सार्वजनिक हुने उनले जानकारी दिए ।
हसिमले दक्षिण अफ्रिकाबाट १ सय २४ टेष्ट, १ सय ८१ ओडीआई र ४४ टि ट्वान्टी आई खेलेका छन् । २ सय १५ टेष्ट इनिङमा उनले २८ शतक र ४१ अर्ध शतक सहित कुल ९ हजार २ सय ८२ रन बनाएका छन् । जसमा ३ सय ११ अविजित उत्कृष्ट प्रर्दशन रहेको छ ।
उनले १ सय ७८ ओडीआई इनिङमा अमलाले २७ शतक र ३९ अर्ध शतक सहित कुल ८ हजार १ सय १३ रन बनाएका छन् । ४४ टि ट्वान्टी आईमा अमलाले १२ सय ७७ रन बनाएका छन् । ९७ रन अविजित रहेको छ ।
अमला २ हजार, ३ हजार, ४ हजार, ५ हजार, ६ हजार र ७ हजार सर्वाधिक छिटो ओडीआई रन बनाउने खेलाडी हुन् । उनले गत जुलाईमा इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकप देखि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।