5 years ago
December 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो समृद्ध रुकुम फिडे रेटिङ अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा साविक विजेता सुमित पन्तले उपाधि रक्षाको सम्भावना यथावत् राखेको छ ।
खराव सुरुवात गरेको सुमितले दोस्रो चरणमा नै पराजय बेहारेपनि राम्रो कमब्याक गरेका हुन् । आठ चरणको समाप्तिमा सुमित र ऋषभ निसादको समान ६.५ अंक छ । सातौ चरणमा राजन सुबेदीसँग बराबरी गरेका सुमितले आठौ चरणमा डब्लुएफएम विधार रुदुम्बरालाई हराएकी हुन् । सातौ चरणमा बद्री लाल नेपालीलाई हराए पछि रुदुम्बराको अग्रता रहेको थियो । ऋषभले सातौ चरणमा मिलन लामालाई पराजित गरेका हुन् ।
प्रतियोगितामा रुदुम्बरा सहित मदनकृष्ण कायस्थ र कृष्ण थापाको ६ अंक छ । आठौ चरणमा मदनले नविन तण्डकाुर तथा कृष्णले खोम प्रसाद तिमल्सीनालाई हराएका हुन् । यसैगरी, मिलन लामा, राजन सुबेदी, नविन तण्डुकार,आशिष फुयौल, सुरविर लामा, बद्रीलाल नेपाली, सुमन राइ र विवेक श्रेष्ठको ५.५ अंक छ ।
स्वीस लिग चरणमा नौ चरणमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी ६६ जना खेलाडीको सहभागिता रहेको छ । शनिबार सम्पन्न हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैया पुरस्कार पाउनेछन् ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]