5 years ago
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् ।
पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले शनिबार ललितपुरको सानोगाउँस्थित रोयल स्पोर्ट्स एकेडेमीमा एक कार्यक्रमकाबीच तेक्वान्दोतर्फ स्वर्ण विजेता संगीता बस्याल र बास्केटबलका खेलाडीद्वय निकेश मगर र विनोद महर्जनलाई सम्मानित गरेका हुन् । हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका पूर्वखेलाडी आरकेले स्वर्ण विजेता संगीता र विनोदलाई समान २५ हजार रुपैयाँ नगदसहितले सम्मान गरेका हुन् ।
आरकेका धर्मपत्नी शारदा प्रजापति र आइकेकेएफ कराते संघका उपाध्यक्ष राजीव महर्जनलगायतले खेलाडीलाई दोशल्ला ओढाएर सम्मानित गरे । प्रजापतिले १३औं सागमा पदक विजेतालाई नगद प्रदान गरेकी थिइन् । सोही अवसरमा निकेशलाई रोयल स्पोर्ट्स एकेडेमीले नगद ८ हजार रुपैयाँसहित सम्मानित गरेको थियो । तेक्वान्दोकी संगीताले फाइटतर्फ ६२ केजीतौलसमूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।
निकेशले १३औं सागमा बास्केटबलको थ्री बाई थ्रीमा रजत दिलाएका थिए भने विनोदले फाइभ बाई फाइभमा कांस्य पदक जितेका थिए । आरकेले पूर्वखेलाडी भएकाले देशका लागि सदैव पसिना बगाउने खेलाडीलाई सम्मान गर्न पाउँदा गर्विलो महसुस हुने बताए । आरकेले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि नेपाली खेलाडीलाई सम्मान गर्दै पनि आइरहेका छन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]