default_image

5 years ago

December 21, 2019

जगत मन्दिर र लाइसियमलाई माफ भलिबल उपाधि

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जगत मन्दिर र लाइसियम मोडेलले माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।  जगत मन्दिर ब्वाइज तथा लाइसियम गल्र्समा च्याम्पियन बने । प्रतियोगिता ब्वाइजको तेश्रो तथा गल्र्सको चौथो संस्करण हो ।

माफद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जगत मन्दिरले ग्लोबल पब्लिकलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्‍यो  । लाइसियमले सम्भावीलाई २–० ले हराउदै तेश्रो भयो । कालोपुलस्थित एडभान्स स्कुलमा भएको गल्र्सको उपाधि भिडन्तमा लाइसियमले विज किड्समाथि २५–१५ र २५–२१ को जित दर्ता गर्‍यो । तेश्रो भएको डिफेन्डिङ च्याम्पियन क्याम्ब्रिजले ग्लोबललाई २–० ले पाखा लगायो । दुवै समूहमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार, तेश्रोले ५ हजार र चौथोले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।

ब्वाइजमा जगत मन्दिरका लाक्पा तामाङ र गल्र्समा लाइसियमकी नन्दनी कर्ण उत्कृष्ट खेलाडी, ब्वाइजमा क्याम्ब्रिजका रोहितसिंह साउद र गल्र्समा एडभान्सकी अनुष्का तामाङ उत्कृष्ट डिफेन्डर तथा ब्वाइजमा ग्लोबलका योञ्जनदेव गौतम र गल्र्समा विज किड्सकी राशी उत्कृष्ट स्पाइकर घोषित भए ।

ब्वाइजमा एडभान्सका अभिषेक मगर र गल्र्समा क्याम्ब्रिजकी त्रिशला रावल उत्कृष्ट सर्भर, ब्वाइजमा जगत मन्दिरका मिङमा शेर्पा र गल्र्समा लाइसियमकी अनिशा रोय उत्कृष्ट सेटर तथा ब्वाइजमा सम्भावीका निजल राई र गल्र्समा ग्लोबलकी गीता घिमिरे उत्कृष्ट ब्लकर चुनिए । उत्कृष्ट सबैले जनही १ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई नेपाल भलिबल संघका उपाध्यक्ष कुमार राज सुवेदी, माफका अध्यक्ष राजन आचार्य, एडभान्सका प्रिन्सिपल पुरुषोत्तम देवकोटा, काठमाडौं महानगरपालिका वडा ५ का अध्यक्ष रमेश डंगोल, नेपाल भलिबल संघअन्तर्गत विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ३० गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १२–१२ सहभागी थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.