default_image

5 years ago

December 21, 2019

भुपेन्द्रललाई एसियाली ग्रान्ड स्लाममा रजत, मिनु फाइनलमा

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल नेपालका भुपेन्द्र थापाले रजत पदक जितेका छन् ।

चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्लाम बक्सिङ प्रतियोगिताको पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापा फाइनलमा चाईनिज ताइपेइका मुक्केबाज वाङ जिया ज्योनसँग स्प्लिट डिसिजनका आधारमा ३–२ ले पराजित भएपछि रजतमा सीमित बनेको हो ।  रजत जितेका भुपेन्द्रले ५ सय अमेरिकी डलर पनि हात पारेको नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी गराए ।

यस्तै सागकै स्वर्ण धारी मिनु गुरुङ फाइनलमा प्रवेश गरेकी छन् । महिला ५४ केजीमा मिनुले चाईनज ताइपेइकी मुक्केबाज ताओ यिङ युलाई अंकका आधारमा हराउदै उपाधिनजिक पुगेकी हुन् । उनले अब उपाधिका लागि फिलिपिन्सकी नाइस जा डिटेक्लोसँग प्रतिस्पर्धा गर्नेछन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.