5 years ago
December 18, 2019
एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात स्पेनको दुई महारथी बार्सिलोना र रियल मड्रिडबीचको खेल यसअघि नै २६ अक्टोवरमा भइसक्नु पर्ने थियो । बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा तय भएको खेल क्याटलान क्षेत्रमा भएको आन्तरिक द्धन्द्धका कारण स्थगित हुन पुगेको थियो ।
स्पेनिस फुटबल फेडेरेसन, ला लिगा आयोजकले सुरक्षालाई ध्यानमा राख्दै खेल स्थागित गर्दै नयाँ मिति १८ डिसेम्वरलाई क्लासिकोको नयाँ मिति तोकेको थियो । सोही मिति अनुसार आज राति सिजनको पहिलो ‘एल क्लासिको’ हुदैछ । खेल राति १२ः४५ बजेपछि हुनेछ ।
ला लिगाको खेलहरु मध्यतिर आइपुगेका छन् । दुवै टोलीले समान १६–१६ खेल खेल्दा समान ३५ अंक नै जोडेर शीर्ष दुईमा रहेका छन् । ला लिगाको उपाधिको लागि सम्भवत् यो खेल नै निर्णायक बन्न सक्नेछ । यस्तोमा दुवै टोली खेललाई आफ्नो पक्षमा पार्न रणनीतिमा मैदानमा उत्रने पक्का छ ।
अहिलेको फर्म
बार्सिलोनाले यो सिजन घरेलु मैदानमा कुनै पनि खेल गुमाएको छैन । यद्दपि ला लिगामा बार्सिलोनाले ३ खेल गुमाइसकेको छ । यो सिजन बार्सिलोनाले राम्रो शुरुवात गर्न नसकेपनि आफ्नो पुरानो फर्म फर्काउने प्रयासमा छ ।
यता, रियलले अघिल्लो सिजनको तुलनामा यो सिजन उच्च प्रदर्शन गरिरहेको छ । ला लिगामा एक खेल मात्रै गुमाएको रियलले ५ बराबरी खेलेको छ ।
बार्सिलोनाले यसअघि रियल सोसिडाडसँग २–२ गोलको तथा रियल मड्रिडले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेलेको थियो । त्यसैले पनि यि दुई बीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।
रियलले २०१७ अगस्टमा सुपरकपमा बार्सिलोनालाई २–० ले पराजित गरेयता जित निकाल्न सकेको छैन । त्यसपछि रियल र बार्साबीच ६ खेल हुदा रियलले दुई बराबरीको नतिजा निकाल्दा चारमा हार बेहोरेको छ ।
चोट र प्रतिबन्ध
रियललाई अझै पनि चोटकै पिरलो छ । यसै सिजन क्लबमा अनुबन्ध भएका इडेन हजार्डले भ्यालेन्सियाविरुद्धको खेलमा चोटक बोकेका छन् । मार्सेलो, लुकास भास्क्वेज, जेम्स रोड्रिग्वेज र एसेन्सियो बार्सिलोनाविरुद्धको खेलमा उपलब्ध हुने छैनन् ।
फरल्यान्ड मेन्डीले चोटबाट पूनरागमन गरेका छन् । सम्भवत उनले पहिलो रोजाईमा खेल्न पाउने सम्भावना छ । बार्सिलोनाका औसमाने डेम्वेले र आर्थर चोटका कारण टोलीमा समेटिएको छैन । कुनै पनि खेलाडी प्रतिबन्धमा छैनन ।
बार्सिलोनाको सम्भावित ११
मार्क आन्द्रे टेर स्टेगन, नेल्सन सेमेडो, जेरार्ड पिके, क्लेमेन्ट लिङलेट, जोर्डी अल्वा, इभान राकिटिक, सर्जियो बुस्केटस्, फ्रान्की डि जोङ, लियोनेल मेस्सी (कप्तान) र लुइस सुआरेज ।
रियलको सम्भावित ११
थिवाउट कोर्टुवा, ड्यानियल कार्भाहल, राफयल भरान, सर्जियो रामोस (कप्तान), फरल्यान्ड मेन्डी, लुका मोड्रिच, क्यासमिरो, टोनी क्रुस, रोड्रिगो, भिनिसियस जुनियर र करिम बेन्जेमा ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]