default_image

5 years ago

December 17, 2019

स्पिनर चम्कँदा पोखराद्धारा चितवनलाई सामान्य लक्ष्य

100 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – तीन स्पिनर भुवन कार्की, रोहन मुस्तफा र सन्नी पटेलले उत्कृष्ट बलिङ गरेपछि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को चौथो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई १ सय ८ रनको सामान्य लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको पोखरा २० ओभरमा अल आउट हुँदै १ सय ७ रनमा समेटियो ।

पोखराका कप्तान शरद भेषावकरले ३९ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए । रोहन मुस्तफाको १८ औं ओभरको पाँचौ बलमा स्टेटमा ठूलो सट खेल्ने धुनमा शरद कट एण्ड बोल्ड आउट हुन पुगे ।

दोस्रो ओभरमै बलिङ गर्न आएका स्पिनर सन्नी पटेलले तेस्रो बलमा ओपनर कुशल भुर्तेललाई ५ रनमा एलबी डब्लू आउट गरे । पाँचौ ओभरको अन्तिम बलमा बिक्रम शोबले सन्नी पटेलबाट अर्का ओपनर आशिफ शेखलाई १० रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काए ।

आशिफले १५ बलमा २ चौका प्रहार गरे । सुरुवाती देखीनै दबाबमा रहेको पोखराले मध्यक्रम र अन्त्यमा कुनै पनि समयमा खुलेर रन जोड्न सकेन ।

कप्तान पारस खड्काले ११ औं ओभरको चौंथो बलमा पोखरा पल्टनका प्रमुख ब्याट्सम्यान भारतीय रविइन्दर सिंहलाई १० रनमा बोल्ड आउट गरेपछि पोखरा ४३–३ को अवस्थामा पुगेको थियो । रविइन्दरले २३ बलमा १ चौका प्रहार गरे ।

भुवन कार्कीको १२ औं ओभरको अन्तिम बलमा विकेटकीपर विनोद भण्डारी ठूलो सट खेल्ने धुनमा लङ अफमा रोहन मुस्तफाबाट ७ रनमा क्याच आउट हुनपुगे । कमजोर अवस्थामा पुगेको पोखरालाई कप्तान शरद र युबा बायाँ हाते खेलाडी कुशल मल्लले ३६ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए ।

तर १६ औं ओभरको पाँचौ बलमा सन्नीले कुशल मल्ललाई योर्कर बलमा १३ रनमा बोल्ड आउट गरेपछि पोखराको ठूलो योगफलको संभावना सकिएको थियो । कुशलले १२ बलमा २ छक्का प्रहार गरे ।

१७ औं ओभरको दोस्रो बलमा रोहित कुमार पौडेल शून्यमा रन आउट हुन पुगे । प्रथामेश दाके र सर्वतीज लड्डाले खातै खोल्न सकेनन् । राशिद खान १० बलमा १ छक्का सहित १० रनमा क्याच आउट भए ।

सन्नी पटेलले ४ ओभरमा १ मेडन सहित १५ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफाले २ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । भुवन कार्कीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । पारस खड्का, करण केसी र बिक्रम शोबले १-१ विकेट लिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.