9 years ago
June 23, 2016
नेपालमा पनि ओलम्पिक डे– २०१६ मनाइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनले लगनखेलस्थित नेपाल आर्मी खेलकुद तथा शारीरिक तालिम केन्द्रमा विभिन्न कार्यक्रम आयोजना गरी ओलम्पिक डे मनाएको हो ।
सो अवसरमा ओलम्पियनहरु पुष्पराज ओझा, विमला राना मगर, देबु थापा, संगीना वैद्य, जितबहादुर केसी, अमिरी यादव, उमेश मास्के, प्रवीण तुलाधर र मुकुन्द श्रेष्ठ ट्रयाकमा दौडेका थिए । टोलीको नेतृत्व गरेका केसीले ओलम्पिक गेम्स सूचक ओलम्पिक टर्च बोकेका थिए । उक्त टर्च केसीले कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । लगत्तै सो टर्च श्रेष्ठले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरे । विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीहरुले नृत्य प्रस्तुत गरेका थिए भने गायक सत्यराज आचार्य र कुन्ती मोक्तानले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले ओलम्पियनहरु राष्ट्रको गौरव भएकाले उनीहरुलाई सम्मान गर्नु पर्ने बताउदै खेलकुद र खेलाडी विरोधी विरुद्ध सबै एकजुट भएर लड्नु पर्ने आवश्यकता औल्याए ।
एनओसी अध्यक्ष श्रेष्ठले ओलम्पिकको मूल्य र मान्यतालाई सबै माझ पु¥याउन सके खेलकुदको गरिमा अझ बढ्ने बताउदै ओलम्पिक डे सम्पूर्ण खेलाडीहरुको उत्सव भएको धारणा व्यक्त गरे । अध्यक्ष श्रेष्ठले खेलकुदको माध्यमबाट भातृत्वको विकास, देशको प्रगति र समाजमा शान्ति स्थापन गर्न चाहेको बताउदै सबैको समर्पणको भावनाले नेपाली खेलकुदलाई नयाँ उचाइमा पु¥याउन खोजि रहेको बताए ।
कमिसनका अध्यक्ष श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष समेत रहेका एनओसीका महासचिव लामा टेन्डी शेर्पाले ओलम्पिकको सुरुआत र महात्वका बारेमा चर्चा गरेका थिए । साथै कमिसनका अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस व्याचको सन्देश वाचन गरेर सुनाएका थिए ।
ओलम्पिक डेमा साताव्यापी कार्यक्रम आयोजना गर्ने क्रममा यस पटक विभिन्न राष्ट्रिय खेलकुद संघ र विभिन्न संस्थाले खेलकुदलगायत विभिन्न ५७ कार्यक्रम आयोजना गरेका थिए । ओलम्पिक डेलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संस्था र व्यक्तिलाई सो अवसरमा सम्मान पनि गरिएको थियो । जुन २३ का दिनका विभिन्न राष्ट्रमा ओलम्पिक डे मनाउने प्रचलन रहि आएको छ ।
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्काे साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]
December 22, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]
December 20, 2024
एजेन्सी – ओमानमा जारी गल्फ टि ट्वान्टी आई च्याम्पियनसिपमा घरेलु टोलीलाई हराउँदै कुवेतले फाइनलमा स्थान बनाएको छ । शुक्रवार भएको खेलमा कुवेतले ओमानलाई ३ विकेटले हराउँदै शनिवार हुने फाइनलमा युएईसँगको भेट पक्का गरेको हो । ओमानले दिएको १ सय ४४ रनको लक्ष्य कुवेतले ७ विकेट गुमाएर १९.३ ओभरमा पूरा गर्यो । त्यसअघि टस जितेर पहिले […]