default_image

5 years ago

December 24, 2019

विश्व क्रिकेटमा नेपालले बनाएका ९ कीर्तिमान

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गत महिना १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दौरान राष्ट्रिय महिला क्रिकेट टोलीकी स्पिनर अन्जली चन्दले विश्व क्रिकेटमा नयाँ कीर्तिमान रचिन् । जुन अब कुनैपनि बलरलाई तोडिन असम्भव जस्तै देखिन्छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेटमा माल्दिभ्सविरुद्ध पोखरामा ह्याट्रिक सहित २.१ ओभरमा कुनै रन नदिइ ६ विकेट लिएकी थिइन् । जुन टि ट्वान्टीमा महिला र पुरुष दुबैको सर्वोत्कृष्ट प्रर्दशन हो । उनको यस कीर्तिमानले नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि चर्चा बटुल्यो । अन्जलीलाई सामाजिक सञ्जालमा बधाइको ओहिरो नै लाग्यो ।

पुरुष टोलीले सन् १९९६ र महिला टोलीले सन् २००७ देखी अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेका हुन् । सिमित स्रोत र साधनका बीच खेलाडीको दिनरातको अथक मिहिनेतको कारण नेपाल ओडीआई स्तर सम्म आई पुगेको छ । यस अवधीमा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी र टोलीको नाममा गरि नेपालबाट ९ विश्व कीतिमान बनेको छन् । जुन यस प्रकार छन् ।

९. २ बलमा जित

सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । ५० ओभरको खेल, ११ रनको लक्ष्य अनि २ बलमै विजयी । सन् २००६ मा म्यानमारविरुद्ध नेपालले यस कीर्तिमान कायम गरेको थियो । टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले महबुब आलम ७ र बिनोद दासले ३ विकेट लिएपछि म्यानमार १२.१ ओभरमा १० रनमा अल आउट भएको थियो । ११ रनको लक्ष्य नेपालले दुई बलमा पुरा गर्दै कीर्तिमान कायम गरेको थियो । ५ रन एक्स्ट्रास्वरुप उपहार पाएपछि २ बलमै नेपालको जित सम्भव बनेको थियो । ओपनर महेश क्षेत्री र ज्ञानेन्द्र मल्लले समान १–१ बलमा ३–३ रनमा नटआउट रहेका थिए ।

महबुब आलम (तस्बिर: एजेन्सी)

८. महबुवको एकै खेलमा १० विकेट

सन् २००८ मा जर्सिमा डिभिजन ५ लिगमा मोजाम्बिकबीरुद्ध टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । २ सय ३९ रनको विजयी लक्ष्य पक्ष्याएको मोजाम्बिक १४.५ ओभरमा अल आउट हुँदै १९ रनमा समेटियो । महबुबले ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिए । उनले त्यसबेला ५ ब्याटम्यान बोल्ड,४ एलबीडब्लू र १ क्याच आउटको सिकार बनाएका थिए । महबुब सिमित ओभरमा एकै खेलमा १० विकेट लिने पहिलो खेलाडी बने र गिनिज बुकमा नाम लेखाएका थिए ।

मोजाम्बिकका दुई ब्याट्सम्यानले मात्र खाता खोल्न सक्दा ९ खेलाडी डक आउट भएका थिए । पछिल्लो समय ढल्कँदो उमेरसँगै खस्किदो प्रर्दशनका कारण महबुब सन्न्यासको संघारमा छन् । महबुब सन् २०१७ मा काठमाडौंमा केन्यासँग दुई खेल यता सिनियर टोलीमा छैनन् । पछिल्लो समय घरेलु लिगमा पनि महबुबको प्रर्दशन कमजोर छ । यो रेकर्डले महबुवलाई विश्व क्रिकेट जगत र नेपालले सधैँभरी सम्झिरहने छ ।

७. सोमपालको १० औं नम्बरमा ४० रन

सन् २०१४ मा नेपाल र हङकङबीच टी–२० सिरिज श्रीलंकामा चलिरहेको थियो । चौथो खेलमा हङकङबीरुद्ध टस हारेर ब्याटिङ थालेको नेपाल १२.५ ओभरमा नेपाल २५–८ को कमजोर अवस्थामा पुगेको थियो । जुन अवस्थामा नेपालले ५० रन पनि कटाउन नसक्ने अनुमान समर्थकहरुको थियो । वसन्त आउट भएसँगै शक्ति गौचन,सोमपाल कामी र अमृत भट्टराईको विकेट हातमा थियो । तीनै जना बलर थिए ।

त्यस वर्षदेखि नै राष्ट्रिय टिममा देखा परेका सोमपाल कामीले उक्त खेलमा चमत्कारपूर्ण ब्याटिङ गरे । सोमपाल क्रिजमा आउनु अघि शक्ति १० बलको सामना गर्दा खाता खोल्न सकेका थिएनन् । सोमपालले शक्तिसँग मिलेर १८।५ बल सम्म ४३ रनको साझेदारी गर्दै स्कोर ६८.८ को अवस्थामा पुर्याए । जुन स्कोर कोलोम्बोको पिचमा प्रतिस्पर्धात्मक मानिन्थ्यो। सोमपालले ३१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाएको अवस्थामा १९ औं ओभरको अन्तिम बलमा आउट हुन पुगे ।

आउट भएपनि सोमपालले आफ्नो नाममा विश्व रेकर्ड कायम गरे। अहिलेसम्म टी–२० क्रिकेटमा १० औं नम्बरमा आएर ४० रन बनाउने सोमपाल कामी एक्लो ब्याट्सम्यान हुन् । उक्त खेलमा भने हङकङ २ विकेटले विजयी भएको थियो।

५.रुविनाको एकै ओभरमा ५ विकेट

सन् २००९ मा मलेसियामा एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपालले सिंगापुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ७९ रन बनाएको थियो । जवाफी ८० रनको लक्ष्य पक्ष्याएको सिंगापुरको नाटकीय विकेट पतन भयो । कप्तान रुविना क्षेत्रीले मलेसियाको पिचमा कमालको प्रदर्शन गरिन् ।

रुविनाले अन्तिम ओभरमा लगातार पाँच विकेट लिएपछि हारको मुखमा पुगेको नेपालले खेल बराबरीमा रोक्न सफल भएको थियो। रुविनाले दोस्रो, तेस्रो,चौथो,पाँचौ र अन्तिम बलमा लगातार विकेट लिएकी थिइन् । उक्त प्रदर्शनसँगै रुविना पहिलो पटक ह्याट्रिक गर्ने नेपाली महिला खेलाडी समेत बनिन् । साथै महिला टी–२० क्रिकेटमा एकै ओभरमा लगातार ५ विकेट लिने पहिलो महिला क्रिकेटरको रेकर्ड समेत आफ्नो नाममा लेखाइन् ।

५. टी–२० विश्वकपमा नो वाइड

नेपाली क्रिकेट जगतमा सबैभन्दा ठूलो सफलता सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकपलाई लिइन्छ । नेपाली टोलीको बलिङ पक्ष सधैं बलियो हतियारको हुँदै आएको छ । विश्वकपमा पनि नेपालीले बलरले त्यसलाई प्रमाणित गरेका थिए । पहिलो खेलमा हङकङलाई ८० रनको फराकिलो अन्तरले हराउँदै विश्वकपमा नेपालले सानदार सुरुवात गरेको थियो ।

हङकङलाई ६९ रनमा अल आउट गर्दा कुनै वाइड फालेन । नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८ विकेटले पराजित हुन पुग्यो । तर वाइडमा रन भने दिएन । अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गर्दै विश्व क्रिकेट जगतमा पुन एक पटक तहल्का पिट्यो । उक्त खेललमा पनि वाइडको रुपमा कुनै रन दिएन । जुन एउटा विश्व रेकर्ड बन्यो ।

Rohit half century

४. ओडीआईमा रोहितको अर्ध शतक

युवा खेलाडी रोहित कुमार पौडेल ओडीआईमा सर्वाधिक कम उमेरमा अर्ध शतक पुरा गर्ने विश्वका कान्छा खेलाडी हुन् । रोहितले गत माघमा यूएईसँगको तीन ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा ५८ बलमा ७ चौका सहित ५५ रन जोड्दै यस कीर्तिमान कायम गरेका थिए । जुन बेला रोहित १६ वर्ष १ सय ४६ दिनका थिए । त्यसअघि सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने रेकर्ड पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदी र भारतका सचिन तेन्दुलकर नाममा थियो ।

३. सन्दीपको टी२० आईमा अर्धशतक

युवा हिटर सन्दीप जोराको टि२० आईमा अर्ध शतक प्रहार गर्ने विश्वका कान्छा खेलाडी हुन् । जोराले गत माघमा यूएईसँगको तीन टि२० सिरिज अन्तर्गत पहिलो खेलमा ५३ रन जोड्दै यो कीर्तिमान कायम गरेका थिए । सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अर्धशतक बनाउँदै उक्त कीर्तिमान कायम गरेका हुन् । नेपाल २१ रनले पराजित भएको खेलमा सन्दीपले ४६ बलमा ३ चौका र १ छक्का सहित ५३ रनको योगदान दिए ।

२. टी२० मा पारसको शतक

नेपाली क्रिकेटका वान म्यान आर्मी अर्थात एकल योद्धा पारस खड्का टी ट्वान्टी आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वका पहिलो कप्तान हुन् । पारसले यस कीर्तिमान दुई महिना अघि जिम्वावे र सिंगापुरसँगको त्रिकोणात्मक सिरिजमा कायम गरेका थिए । पारसले सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा ५२ बलमा ९ छक्का र ७ चौका सहित १ सय ६ रनमा अविजित रहँदै यस कीर्तिमान हासिल गरेका थिए ।

१.अन्जलीको ६ विकेट

अन्जलीले १३ औं सागमा माल्दिभ्सविरुद्ध अविश्वसनिय कीर्तिमान कायम गरिन् । ४ वर्षपछि सिनियर टोलीमा पुनरागमन गरेकी अन्जलीले टि ट्वान्टी आईको डेब्यू खेलमै माल्दिभ्सविरुद्ध २ ओभरमा कुनै रन नदिइ ६ विकेट लिएपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको थियो । अन्जलीले ४ ब्याट्सवुमेनलाई क्याच र २ लाई बोल्ड आउट गरिन् । अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् । जुन प्रर्दशन टि ट्वान्टी आइकै सर्वोउत्कृष्ट हो ।

यसअघि महिला टि ट्वान्टी आईमा मालीकी मास एलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर चीन विरुद्ध ६ विकेट लिएकी थिइन् । जुन कीर्तिमान रहँदै आएको थियो । पुरुष टि ट्वान्टी आईमा भारतका युवा तीब्र गतिका बलर दिपक चाहरले अघिल्लो महिना बंगलादेशविरुद्ध ह्याट्रिक सहित ३.२ ओभरमा ७ रन खर्चेर ६ विकेट लिएका थिए । जुन पुरुषमा टि ट्वान्टीमा कीर्तिमान रहेको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.