5 years ago
December 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक सुरुवात हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सागको भव्य उद्घाटन गरेपछि साग औपचारिक रुपमा शुरु हुनेछ ।
उद्घाटनसँगै आजदेखि विभिन्न ३ खेलहरुको प्रतिस्पर्धा सुरु हुनेछ । भलिबल यसअघि नै शुरु भइसकेको छ । काठमाडौंमा भलिबल र खो–खोको खेल सुरु हुनेछ । पोखरामा ब्याडमिन्टन सुरु हुनेछ ।
राखेप कभर्डहलमा आइतबार पुरुष भलिबलतर्फको सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा भारत र श्रीलंका तथा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
करातेको पहिलो दिन उद्घाटन र खेल तालिका सार्वजनिक कार्यकम मात्र हुनेछ । प्रतिस्पर्धा सोमबारबाट हुनेछ । किर्तिपुर नयाँबजारमा हुने खोखोमा महिला र पुरुष दुवैतर्फको खेल हुनेछ । महिलातर्फ नेपालले बंगलादेशसँग खेल्दैछ । महिलामा भारत र श्रीलंकाबीच खेल हुनेछ । पुरुषतर्फ भारत र श्रीलंका तथा नेपाल र बंगलादेशबीच खेल हुनेछ ।
पोखरा रंगशालाको कभर्डहलमा ब्याडमिन्टनतर्फ पुरुष र महिला टिम इभेन्ट्सको क्वाटरफाइनल र सेमिफाइनलको खेल हुनेछ । क्वाटरफाइनलमा नेपालले भुटानसँग खेल्नेछ । यस्तै बंगलादेशले पाकिस्तानसँग खेल्नेछ । भारत र श्रीलंका भने बाई पाएर सिधै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
बंगलादेश र पाकिस्तानबीचको विजेताले सेमिफाइनलमा भारतको तथा नेपाल र भुटानको विजेताले सेमिफाइनलमा श्रीलंकाको सामना गर्ने छ । ब्याडमिन्टनमा सेमिफाइनल पुग्ने राष्ट्रले कम्तीमा कास्य पदक पक्का गर्नेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।