5 years ago
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ जाापान शाखाका अध्यक्ष नवीन गुरुङले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष भलिबल टोलीलाई खेल सामग्री सहयोग गरेका छन् ।
शाखाका अध्यक्ष गुरुङले पुरुष भलिबल टोलीका १४ सदस्यीय खेलाडीलाई एक–एक सेट केल्मी ब्रान्डको ब्याग सहयोग गरेका हुन् । गुरुङले यसअघि पनि खेलाडीहरुलाई सहयोग गर्दै आइरहेका छन् ।
गुरुङले १४ थान ब्याग टिमका कप्तान इम बहादुर रानालाई हस्तान्तरण गरे । सहयोग भएपछि कप्तान इमले आफ्नो र टिमको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।
पुरुष भलिबलमा नेपाली टोली आज (बुधबार) बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको छ । नेपाल २५–२१, २३–२५, २५–१९, २४–२६ र १२–१५ ले पराजित भएको थियो । अब नेपालले बिहीबार उपाधिको दावेदार भारतसँग खेल्नेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]