5 years ago
November 16, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को आगमी संस्करणको लागि रोयल च्यालेन्जर्स बेंगलोरले फुकुवा र टोलीमै रहने खेलाडीको नाम सार्वजनिक गरेको छ । बेंगलोरले ठूला नाम गरेका खेलाडीलाई फुकुवा गरेको छ ।
बेंगलोरले फुकुवा गरेका खेलाडीमा विकेटकीपर अक्षदीप नाथ, न्युजिल्यान्डका अलरान्डर कोलिन डी ग्राडहोम, दक्षिण अफ्रिकाका तीब्र गतिका बलर डेल स्टेन र न्युजिल्यान्डका टिम साउथी छन् । त्यस्तै बंगलोरले हेनरिक क्लासेन, हिम्मत सिंह, कुलवान्ट केजरोलिया, अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिस, मिलिन्द कुमार, नाथन कुल्टर नाइल, प्रयास बर्मन र शिम्ररोन हिटमायरलाई पनि फुकुवा गरेको छ ।
बेंगलोरले अर्को सिजनको लागि टोलीमा सामेल गरेका खेलाडी :
एवी डिभिलियर्स, देवदत्त पाडकिल, गुरकीरत सिंह, मोइन अली, मोहम्मद सिराज, नवदीप सैनी, पार्थिव, पटेल, पवन नेगी, शिवम दुबे, उमेश यादव, विराट कोहली, वाशिन्टन सुन्दर र युजवेन्द्र चाहल ।
बेंगलोर गत संस्करणमा पुछारमा रहेर लिग चरणबाटै बाहिरिएको थियो । आइपीएलको अक्सन आगमी पुष ३ मा कोलकतामा हुने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।