5 years ago
November 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली पुरुष बिच भलिबल टिमले मंगलबार मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।
मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विशेष तयारीको लागि श्रीलंकामा रहेको नेपाली टिमका मान बहादुर श्रेष्ठ र दिल सुनारको जोडिले श्रीलंकाको टिमलाई २–१ को सेटमा हराएको हो ।
श्रीलंकाको नेगोम्वो बिच भलिबल कोर्टमा मंगलबार भएको खेलमा मान र दिलको जोडी श्रीलंकाको टिमसँग पहिलो सेट १९–२१ ले पराजित भएपनि उत्कृष्ट पुनरागमन गर्दै श्रीलंकाको टिमलाई दोस्रो सेट २१–१५ र तेस्रो सेट १५–१३ ले पराजित गरेको हो ।
मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुने सागको विशेष तयारी तथा मैत्रीपूर्ण खेलका लागि नेपाली बिच भलिबल टिम श्रीलंकामा रहेका छन् । पुरुष विच भलिबलमा नेपालका मान बहादुर श्रेष्ठ, दिल सुनार, सञ्जु विक्रम शाह र राजु विक रहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]