default_image

5 years ago

November 10, 2019

दिपेश र अमिताकाे जाेडी रजतमा सीमित

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिपेश धामी र अमिता गिरीकाे जाेडी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा रजत पदकमा सीमित बनेकाे छ ।

पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको खेलमा दिपेश र अमिताको जोडी माल्दिभ्सका हुसेन जायन शाहिद र फातिमा रजाकको जोडीसँग २-० काे साेझाे सेटमा पराजित भएपछि रजतपदकमा सीमित बनेको हो ।

नेपाली जाेडी २१-१५ र २१-१९ काे सेटमा पराजित भएकाे मुख्य प्रशिक्षक सुदिप याेन्जनले जानकारी गराए । त्यसअघि घरेलु टोली पाकिस्तानका मोहम्मद अली लारोस र गाजला सद्धिकीको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको थियाे ।

यस्तै मेन्स डबल्समा दिपेश र रत्नको जोडीले केहीवेरमा थाईल्यान्डका प्राड र अपिचासिटसँग स्वर्णका लागि खेल्दैछ । दिपेश र रत्नकाे जाेडीले पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हसनेनको जोडीलाई २१–१७ र २१–१६ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकाे थियाे ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.