5 years ago
November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दोस्रो वरीयताका दिपेश धामीसम्मिलित नेपालका दुई जोडी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा फाइनलमा प्रवेश गरेका छन् । नेपाली टोली सिरिजको मिक्स डबल्स् र पुरुष डबल्समा फाइनलमा पुग्न सफल भएको हो ।
पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शनिबार भएको खेलमा दिपेश र अमिताको जोडीले घरेलु टोली पाकिस्तानका मोहम्मद अली लारोस र गाजला सद्धिकीको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
दिपेश र अमिताको जोडीले पहिलो सेटमा २१–१५ को सहज जित हात पारेको थियो । दोस्रो सेट १८–२१ ले गुमाएपनि तेस्रो सेटमा २१–१७ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा शीर्ष वरीयता प्राप्त दिपेश र अमितालेको जोडीले अब उपाधिका लागि आइतबार बिहान माल्दिभ्सका हुसेन जायन शाहिद र फातिमा रजाकको जोडीसँग प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक सुदिप योन्जनले हाम्रो खेलकुदलाई जानकारी गराए ।
यस्तै मेन्स डबल्समा दिपेश र रत्नको जोडीले पाकिस्तानकै मोहम्मद अतिक र राजा मोहम्मद हसनेनको जोडीलाई २१–१७ र २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।