default_image

5 years ago

November 8, 2019

पाकिस्तान इन्टरनेसनसनल सिरिजमा दिपेशलाई दोहोरो सफलता

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा दोहोरो सफलता हात पारेका छन् ।

पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुरुष डबल्समा दिपेश धामी र रत्नजित तामाङको जोडीले पाकिस्तानी खेलाडीलाई तथा मिक्स डबल्समा दिपेशले अमिता गिरीसँग मिलेर दोहोरो सफलता हात पारेको हो ।

ब्वाइज डबल्समा दिपेश र रत्नको जोडीले घरेलु टोलीका अली मेदी सायिद र मोहम्मद ताहिरको जोडीलाई २१–९ र २१–७ को सोझो सेटमा हरायो । यस्तै मिक्स डबल्समा दिपेश र अमिताको जोडीले माल्दिभ्सका मोहम्मद अजफान रासिद र माइसा फातुल्हा स्मेलको जोडीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गदै अघिल्लो चरणमा पुग्न सफल भयो ।

अब मिक्स डबल्समा र ब्वाइज डबल्समा नोली जोडीले पाकिस्तानी खेलाडीसँग नै प्रतिस्पर्धा गर्ने भएको छ । खेल शनिबार हुनेछ । पुरुष एकलमा भने दिपेश क्वाटरफाइनलमा मौरिसियसका जर्जे जुलियन पउलसँग २–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुग्यो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.