5 years ago
November 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तमु (गुरुङ) हरुको महान पर्ब ल्होसारको अवसरमा ल्होसार खुल्ला पुरुष भलिबल कप प्रतियोगिता आयोजना हुने भएको छ ।
‘तमु प्ये ल्हु संघ’ युएईले गुरुङहरुको महान पर्व ल्होसारको अवसरमा आगमी नोभेम्वर २९ देखि डिसेम्वर २ सम्म नेपालको राष्ट्रिय खेल भलिबलको पुरुषतर्फको प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आयोजकले युएईमा रहेर पनि खेलकुदमा सहभागी हुन चाहने खेलप्रेमीलाई सहभागिताको लागि आह्वान गरेको छ । टोलीमा ९ खेलाडी हुनुपर्ने र एक विदेशी खेलाडी राख्न पाउनुपर्ने प्रावधान राखिएको छ । टिम दर्ता शुल्क ३५० दिराम राखिएको छ ।
विजयी टोलीले ३ हजार दिराम पाउनेछ । दोस्रो हुनेले २ हजार दिराम हात पार्ने आयोजकले जनाएको छ । बेस्ट ब्लकर, स्पाइकर, सेटर, सर्भर, लिबेरो र एक जना उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेल अल्कुज बोल्दिया (नगर पालिका) भलिबल ग्राउन्डमा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]