5 years ago
October 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रायना शाहले एसियाली यू–१४ ¥याङकिङ सी–२ टेनिस च्याम्पियनसिपको गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् ।
नेपाल टेनिस संघको आयोनजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा रायनाले मलेसियाकी सोफिया ग्रेस येओहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् । जितसंगै रायना प्रिक्वाटरफाइनलमा प्रवेश गरिन् । सोही स्पर्धामा भारतकी कात्यानी बशिष्ठले नेपालकी श्रेया भट्टराईलाई ६–३ र ६–४, भारतकी युम्नाम थोइबीले नेपालकी समृद्धि सेढाईंलाई ६–१ र ६–१ तथा भारतकी जान्भी असावाले नेपालकी प्रशंसा मोक्तानलाई ६–१ र ६–० को सीधा सेटमा हराउदै प्रिक्वाटरफाइनलमा पुगे ।
ब्वाइज सिंगल्समा जापानका ज्याकरी बुरक, भारतका देव मेहता, नेपालका सरोज तामाङ, स्विट्जरल्यान्डका चार्ली सेन्हाउसर, नेपालका श्रृजन भट्टराई, नेपालका आयुशमान हजुर घले, नेपालका निहालजंगबहादुर थापा, नेपालका सौगात विक, भारतका मनुराज सिंह, नेपालका सक्षमविक्रम शाह र नेपालका राजवीर प्रधानले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
गल्र्स डबल्समा नेपालका समृद्धि महर्जन र आध्या पौड्यालको जोडीले नेपालकी समृद्धि सेढाईं र भारतकी कात्यानी बरिष्ठको जोडीलाई ७–६(८) र ६–२ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।
त्यसै स्पर्धाको ब्वाइजमा नेपालका साश्वत वज्रचार्य र स्विट्जरल्यान्डका चार्ली, भारतका देव मेहता र नेपालका सरोज तामाङ तथा नेपालका सौगात विक र भारतका मनुराजको जोडी आ–आफ्नो प्रतिद्वन्द्वीलाई पन्छ्याउदै क्वाटरफाइनलमा पुगे ।
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा नेपाल, भारत, जापान र मलेसिायबाट ४७ खेलाडी सहभागी छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।