default_image

5 years ago

October 21, 2019

फुटसल टोली इरानमा

129 views

0 Bookmark

इरान (हाम्रो खेलकुद) – एएफसी कप फुटसल च्याम्पियनसिपको छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टोली इरान पुगेको छ।

तस्वीर सौजन्यः एनएसजेएफ

पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङको कप्तानिमा रहेको १४ सदस्यीय नेपाली टोलि नेपाली समय अनुसार सोमबार दिउँसो १ः३० बजे इरानको उर्मिया पुगेको हो। टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

प्रतियोगिताको दुई दिन अघिनै इरान आइपुगेको नेपाली टोलोले इरानमा सेन्ट्रल तथा दक्षिण एसियाली छनोटका खेल खेलाईने भेन्युमा दुई दिन प्रशिक्षण लिनेछ।

एएफसीको नियम र इन्डोर खेल भएकाले टोलि दुई दिन अघिनै इरान आई पुगेको प्रशिक्षक विष्णू गुरुङले जानकारी दिए।

‘हामीले नेपालमा खुल्ला मैदानमा प्रशिक्षण लियौ। इन्डोर खेल्नु पर्ने हुन्छ । जसले खेलाडीलाई इन्डोरको वातावरणसँग छिटो घुलमिल हुन सहज हुनेछ।’ प्रशिक्षक गुरुङले भने, ‘लामो समय नेपाली फुटबलको अनुभव बटुलेका र युवा खेलाडी समेत टोलिमा रहेकाले नतिजामा सुधार आउनेमा विश्वस्त छु ।’

समूह ए मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। त्यस्तै दोश्रो खेल २४ तारिख उज्वेकिस्तान र तेस्रो खेल २५ तारिख अफ्गानिस्तानसँग खेल्ने छ।

राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्केमिनिस्तानले सोझै फाइनल चरण खेल्नेछ । एएफसी फुटसल च्याम्पियनसिप २०२० तुर्केमिनिस्तानमा आयोजना हुदैछ ।

फुटसल टोली

१.आदिल हामिद, २.आषिश लामा, ३.अभय राना, ४.अनिश श्रेष्ठ, ५.अरुज सिंह, ६.विजय गुरुङ, ७.विजय श्रेष्ठ, ८.बिनोद गुरुङ, ९.मणि लामा, १०.निर्मल गुरुङ, ११.सन्जोक चाम्लिङ राई, १२.सरोज तामाङ, १३. सुमित आले, १४.सुरज गुरुङ

मुख्य प्रशिक्षक – विष्णु गुरुङ
प्रशिक्षक – गौरव बस्नेत

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.