9 years ago
June 14, 2016
पोखरा ३०, जेठ
दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धर शनिवार हङकङमा सम्मानित भएका छन । मानन्धरलाई सहारा क्लव हङकङले च्यारिटीको लागि हाईकिङको समापन समारोहमा सम्मान गरेको हो ।
हङकङका लागि नेपाली बाणिज्यदूत बलिराम धामीले मान्धरलाई खादा त्यसैगरी सोही अवसरमा नेपालका पहिलो ओलम्पिनमध्ये एक तथा पूर्व अन्तर्रा्ष्टि्रय बक्सर नामसिंह थापा मगरलाई समेत सम्मान गरिएको छ। क्लवका सल्लाहकार एवं एनआरएन हङकङका पूर्व अध्यक्ष त्रिलोक याम गुरुङले थापा मगरलाई खादा लगायर सम्मान गरेका हुन। क्लवका अध्यक्ष दीपक गुरुङले सम्मानित दुबैलाई सम्मानपत्र प्रदान गरेका थिए । सो कार्यक्रम क्लबका महासचिक विल तामाङ ले सञ्चालन गर्नुभएको थियो ।
मानन्धर सन १९८४ काठमाण्डौ ,१९८५ ढाका,१९८६ कोलकता दक्षिण एशियाली खेलकुद प्रतियोगिताको म्याराथुनतर्फ स्वर्ण पदक विजेता हुन्। उनको दक्षिण एशियाली म्याराथनको समयमा कीर्तिमान उनको नाममा छ । नेपालका पहिलो ओलम्पिनमध्ये एक तथा पूर्व अन्तराष्ट्रिय बक्सर थापा मगर पूर्वबेलायती गोर्खा सैनिक पनि हुन्। उनी हङकङमै बसोबास गर्छन् । उक्त कार्यक्रममा सल्लाहकार देव गुरुङलेले आर्थिक सहयोग गरेका छन भने ईन्द्र बराह ज्वेलरीका शिव लामिछानेले, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ कान्छा, द गोर्खाज होल्डीङ प्रकास पुन टिसर्ट, क्लबका सल्लाहकारहरु बाट लन्च को सहयोग प्रात्त भएको हाईकिङ करीब सााढे १२ किलोमिटर दुरी रहेको थियो । सो हाईकिङमा १८० जनाले भाग लिएका थिए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]