5 years ago
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि नेपाल–कोरिया संयुक्त प्रशिक्षण कार्यक्रमअन्तरगत नेपाली भारोत्तोलन टोली कोरियो जाने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश कुमार सिलवालले टोलीलाई शुक्रबार विदाई गरेका छन् । कोरियन भारोत्तोलन महासंघको निमन्त्रणमा भारोत्तोलोलन टोली दोस्रोपटक प्रशिक्षणमा जान लागेको हो । टोली शनिवार कोरिया प्रस्थान गर्नेछन् । कोरियाको नेसनल ट्रेनिङ सेन्टर चिनचोङमा खेलाडीले विशेष प्रशिक्षण लिने छन् ।
सहभागी खेलाडीहरुमा ५५ केजीमा सन्जु चौधरी, ६४ केजीमा देवी कुमारी चौधरी, ७६ केजीमा तारा देवी पुन, ८१ केजीमा लक्ष्मी वन विष्ट रहेका छन् । त्यसैगरी पुरुषतर्फ ७३ केजीमा कमल बहादुर अधिकारी, ८१ केजीमा विकास थापा, ९६ केजीमा विशाल सिं विष्ट, १०९ केजीमा सागर भण्डारी रहेका छन् ।
प्रशिक्षण कार्यक्रममा दुई कोचको समेत सहभागीता रहेको छ । जसमा वरिष्ठ मुख्य प्रशिक्षक राम पौडेल र वरिष्ठ प्रशिक्षक विकास शाक्यले खेलाडीको टोलीसँगै कोरियामा प्रशिक्षणका लागि जाँदैछन् । यो प्रशिक्षणले १३औं सागबाट नेपालले भारोत्तोलनमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास नेपाल भारोत्तोलन संघले लिएको छ ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]