5 years ago
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबल टोली तथा नेपाली सेनाका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलका लागि मंगलबार चीन प्रस्थान गरेका छन् ।
मान र दिलसँगै प्रशिक्षक दानेश्वर अधिकारीसहितको तीन टोली त्यसतर्फ प्रस्थान गरेको हो । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) ले चीनको वुहान सिटीमा आयोजना हुन लागेको सातौ संस्करणसम्म आइपुग्दा नेपाली सेनाले पहिलोपटक विभिन्न १४ खेलमा सहभागिता जनाएको हो ।
सबै खेलका खेलाडीहरु चीन जाने क्रममा छन् । मंगलबारै ब्याडमिन्टन टोली (रत्नजित तामाङ, नवीन श्रेष्ठ र अनुमाया राई) र एथ्लेटिक्स टोली (देवीबहादुर बस्नेत (कोच), कृष्णबहादुर बस्नेत, सोमबहादुर कुमाल, डिल्ली खत्री, विश्वरूपा बुढा, सरस्वती भट्टराई, तुलसा खत्री र सरस्वती चौधरी) त्यसतर्फ प्रस्थान गरेको छ ।
जसमा १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बिच भलिबलको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका मान र दिलको जोडीले पनि प्रतिस्पर्धा गर्दैछ ।
सेनाले बिच भलिबलसँगै आर्चरी, ब्याडमिन्टन, एथलेटिक्स, जुडो, कुस्ती, फेन्सिङ, तेक्वान्दो, सुटिङ, ट्रायथलन, बक्सिङ, घोडचडी र मोर्डन पेन्टाथलनमा प्रतिस्पर्धा गर्दैछ । जसमा ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछ । विश्व सैन्य खेलकुदमा १०५ देशको सहभागिता रहेको छ ।
बिच भलिबल अक्टोवर २१ देखि २८ सम्म हुने तालिका छ । ब्याडमिन्टन १८ बाट २६ अक्टोवरसम्म छ । यस्तै एथ्लेटिक्स २२ बाट २६ अक्टोवरसम्म हुदैछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।