5 years ago
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुसिदो कोन्सेकाई (एमएमए) करातो टोली भारत प्रस्था गरेको छ । भारतको कोलकातामा अक्टोवर १८ देखि २० सम्म हुने एमेच्योचर के १ प्रतियोगिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
टोलीलाई ३ न प्रदेश सभा सदस्य तथा राष्ट्रिय पारा ओलम्पिक अध्यक्ष राधा घले, दिपेन्द्र श्रेष्ठ, शसस्त्र प्रहरी बलमा वरिष्ठ उपरीक्षक केवि बराम, फुलकन्ट्याक कराते महासघका उपाध्यक्ष रामजी बज्राचार्य,सघका अध्यक्ष एवम ब्रानचिफ तथा प्रशिक्षक उमेश गुरुङलगायतले बिदाई गरे ।
प्रतियोगितामा मन्दिप राना मगर, विशाल तामाङ , सविन लामा, वरुण घले, सन्तोष साउथ, विश्वास राइ, राउल ठकुरी रहेका छन । उनिहरुले प्रो तथा एमेच्योर गरि दुइ विधामा सहभागीता जनाउनेछन । खेलाडीसँगै प्रशिक्षकमा रोजेश खड्का तथा टिम व्यवस्थापकमा अस्मिता रायमाझी छन ।
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]
January 5, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]