5 years ago
October 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो दक्षिण एसियाली यु–२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोली बिहीबार माल्दिभ्स प्रस्थान गरेको छ ।
पुरुष खेलाडीमा प्रिन्स दाहाल, प्रफुल्ल महर्जन र रुकेश महर्जन तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सीमा राजवंशी रहेका छन् । प्रशिक्षकमा किरण थापा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाह छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।