9 years ago
June 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका शंकर गौतमले शुक्रबार पत्र बुझेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले गौतमलाई जेठ १७ गते मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
गौतमले चौथो दक्षिण एसियाली खेलकुदको टेबलटेनिस पुरुष टिम इभेन्टमा कांस्य जितेका थिए । गौतमसंग विश्व च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेको र निर्णायकको भूमिका निर्वाह गरेको अनुभव छ ।
मुख्य प्रशिक्षक हुनुअघि गौतम ललितपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए । अब गौतम तालिम तथा प्रशिक्षण विभाग, सातदोबाटोमा सरुवा भएका छन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]