5 years ago
September 29, 2019
ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता
काठमाडौं (हाम्रो खेलकुद)- बाग्लुङको ढोरपाटन नगरपालिका र राइजिङ युवा क्लबको संयुक्त आयोजनामा प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा पुर्णिमा मेला आयोजना हुने भएको छ ।
आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको १७औं वार्षिकात्सवको अवसरमा ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता आयोजना गर्न लागेको हो ।
नेपालीहरुको महानपर्व दशैको कोजाग्रत पुर्णिमाको अवसरमा आयोजना हुने मेलामा पुरुष र महिला नगरपालिकास्तरीय मेयर रनिङ शिलड भलिबल प्रतियोगिता, रस्सा कस्सा, महिला र पुरुष छेलो, जिल्ला स्तरीय खुल्ला ब्याडमिन्ट प्रतियोगिता र जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो च्याम्पियनसिप आयोजना हुनेछ ।
यसबाहेक खुल्ला एकल नृत्य, सामुहिम नृत्य, पञ्चेबाजाका साथै कृषि प्रदर्शनी, सराय नाँच र विविभ झाँकी प्रदर्शन हुने क्लबका अध्यक्ष सोम बहादुर पौ.वी.ले जानकारी गराए ।
प्रतियोतिमा १६ भन्दा बढी टोलीको सहभागिता रहे नकआउट र १६ भ्नदा कम रहे लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने अन्तर्राष्ट्रिय रेफ्री कुल बहादुर रानले जानकारी गराए । रनिङ गोल्डकप २३ असोजबाट २ कात्तिकसम्म सञ्चालन हुनेछ ।
भलिबलतर्फको पुरुषतर्फको विजेताले स्वर्णजडित कपसँगै १ लाखरु रुपैया हात पार्नेछ । दोस्रोले ६० हजार रुपैया हात पार्नेछ । महिलाको विजोले ६० हजार र उपविजेताले ४० हजार पाउनेछ ।
रस्सा कस्साको विजेताले १५ हजार र दोस्रो हुनेले १० हजार पाउनेछ । पुरुष र महिला छेलो विजेताले १० हजार तथा दोस्रोले ५ हजार पाउनेछ ।
तेक्वान्दोको विजेताले २० हजार दोस्रोले १५ हजार पाउनेछ । ब्याडमिन्टनको पुरुष डबल्स ‘ए’ को विजेताले २५ हजार, दोस्रोले १५ हजार तेस्रो हुनेले समान ३–३ हजार पाउनेछ । पुरुष डबल्स् ‘बी’ ले २० हजार, दोस्रोले १२ हजार र तेस्रोले समान २–२ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अनुमानित लाग ३६ लाख रुपैया रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]