default_image

5 years ago

September 27, 2019

सागलाई टेनिस खेलाडी छनोट

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत लनटेनिसका लागि समान ६–६ पुरुष÷महिला खेलाडीको शुक्रबार अन्तिम छनोट गरिएको छ ।

सातदोबाटोमा सम्पन्न छनोटबाट पुरुषमा एनआरएनएका संरक्षकभूषण वज्राचार्य, नेपाल आर्मीका प्रणव खनाल, गण्डकी प्रदेशका प्रदीप खड्का, एपीएफका सन्तोष खत्री, आर्मीका सम्यकभूषण वज्राचार्य र गण्डकीका नवीन मगर छनोट भए ।

महिलामा एपीएफकी प्रेरणा कोइराला र सलोनी तामाङ, आर्मीका अभिलाषा विष्ट र इरा रावत तथा प्रदेश ३ का रायना शाह र प्रकृति श्रेष्ठ छानिए । असोज २ गतेदेखि सुरु छनोटमा पुरुषतर्फ १० तथा महिलामा ७ खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.