default_image

5 years ago

September 27, 2019

बूढानिलकण्ठ उपाधिनजिक

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बूढानिलकण्ठ पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधिनजिक पुगेका छन् ।

विशाल मिलन केन्द्र (बीएमके) द्वारा आयोजित प्रतियोगिताको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बूढानिलकण्ठले एनसीएचएसलाई ६७–५६ ले पराजित ग¥यो । बूढानीलकण्ठका रुपेश नापितले २७ अंक जोडे ।

बूढानिलकण्ठले सुरुका तीन क्वाटरमा क्रमशः १८–१२, १०–५ र २६–२० को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटरमा एनसीएचएसले १९–१३ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।

उपाधिका लागि बूढानिलकण्ठले गोल्डेनगेट र कीर्तिपुरबीचको विजेतासंग आइतबार प्रतिस्पर्धा गर्ने छ । गोल्डेनगेट र कीर्तिपुरबीचको दोश्रो सेमिफाइनल शनिबार हुने छ । शुक्रबारै तय भएको दोश्रो सेमिफाइनल वर्षाका कारण रद्द गरिएको थियो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.